Ticker

6/recent/ticker-posts

बोल्ड सिनले विवादित बनिन् ऐश्वर्या

एजेन्सी–  बलिउड अभिनेत्री ऐश्वर्या रायले बोल्ड सिन दिएका कारण विवादित बनेकी छन् । नायिकाहरु विवाहपछि धेरै फिल्ममा देखिदैँनन्, देखिएपछि ढाकछोप गरेरमात्र पर्दामा देखिन्छन् । तर ऐश्वर्याको हकमा भने यो नियम लागू भएको छैन । उनले पछिल्लो चलचित्र  ‘ए दिल है मुश्किल’ मा रणवीर कपूरसँग हट अवतारमा उत्रिएकी छन् । उक्त चलचित्रमा उलने दिएको  किस सिनले ठूलै खल्वली भएको हो । लामो अन्तरालपछि यो फिल्ममार्फत बलिउडमा पुनरागमन गरेकी ऐश्वर्यालाई यो फिल्मले विवादित बनाएको छ । त्यसो त विवाह गर्नुअघि ऐश्वर्याका लागि यस्ता सिनहरु मामुली थिए । जब हिन्दी सिनेमामा ऐश्वर्याको करिअर जमिरहेको थिएन, त्यतिबेला उनले केही साथ फिल्ममा पनि काम गरिन् । ती फिल्ममा उनले बेड सीन पनि दिएकी छिन् । यिनै फिल्ममध्येको एउटा थियो ‘चोखर बाली’ । यो फिल्म रविन्द्रनाथ टैगोरको उपन्यासमा आधारित थियो ।
यो फिल्मलाई बंगाली निर्देशक रितुपर्नो घोषले निर्देशन गरेका थिए । यस फिल्ममा ऐश्वर्याको साथमा अभिनेता प्रसेनजीत चटर्जी र अभिनेत्री राइमा सेनले काम गरेका थिए । फिल्ममा ऐश्वर्याले प्रसेनजीतसँग निकै बोल्ड सिन दिएकी थिइन् र यसको भिडियो पनि भाइरल बनेको थियो ।
यसका अलावा ऐश्वर्याले कयौं अंग्रेजी फिल्ममा पनि काम गरिन् । जसमा ‘ब्राइड एन्ड प्रेजुडिस’ एक थियो । फिल्ममा ऐश्वर्याले हलिउड अभिनेता मार्टिन हेन्डर्सनसँग काम गरेकी थिइन् । सो फिल्ममा पनि ऐश्वर्याले मार्टिनसँग एउटा बेडरुम सिन दिएकी थिइन् । यो सिन इन्टरनेटमा लिक भएपछि ऐश्वर्या मौन बसिन् ।
अहिले उनी अभिषेक बच्चनसित बिहे गरेर सेटल भइसकेकी छिन् । उनीहरुको साथमा एउटी छोरी आराध्या छिन् ।

Post a Comment

0 Comments