काठमाडौ, फागुन ।
मधेसी मोर्चा सहमतिमा आएको अवस्थामा सरकारले संविधान संशोधन प्रस्तावमा पूरक प्रस्ताव लैजाने भएको छ । शनिबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीच भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।
संविधान संशोधन प्रस्तावमाथि संशोधन पेश गर्न संसद सचिवालयले दिएको ७२ घण्टा अवधिभित्रै राजनीतिक तहमा सहमति जुटेको अवस्थामा सरकारले पूरक प्रस्ताव दर्ता गराउने सरकारको योजना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले अब सरकार र मोर्चा दुबै तर्फबाट संशोधनमाथि पूरक प्रस्ताव दर्ता हुने र त्यसपछि सहमतिको प्रयास गरिने बताएका छन् ।
यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने मधेसी मोर्चाको माग बमोजिम पूरक प्रस्ताव ल्याइए अस्वीकार्य हुने बताएको छ । एमालेका प्रवक्ता योगेश भट्टराईले भनेः‘ यो कुरा हामीलाई स्वीकार्य हुँदैन, यो भन्दाबाहेक कुनै प्रस्ताव ल्याउनुको अर्थ स्थानीय तहलाई पंगु बनाएर विघटन गर्ने नियोजित षड्यन्त्र हो, हामीलाई मान्य हुँदैन ।’

0 Comments