Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, माघ । नेपाली जनसम्पर्क समिति युएईका संस्थापक अधक्ष्य तथा नेपाली कांग्रेसका नेता चित्र केसीले स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।

गाउँ गाउँबाट ठूलो संख्यामा यूवा शक्ति विदेश पलायन हुने र उनीहरुले अर्काको भूमिमा रगत, पसिना बगाउँदा पनि उनीहरुले पाउने गरेको दुःखको अवस्था देखेर सरकारले युवा शक्तिलाई स्वदेशमै स्वरोजगारको वातावरण सुनिश्चित गराउन पहल कदमी गर्नुपर्ने धारणा राखेका हुन् ।

देश विकासको मेरुदण्डको रुपमा रहेको युवा शक्ति विदेश पलायन हुँदा विदेशी भूमि उर्वर बनेपनि नेपालीहरुको अवस्था जस्ताको तस्तै हुने कुरालाई मनन गर्दै अब सरकारले युवाहरुलाई स्वदेशमै व्यवस्थापन गर्न रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने बताएका हुन् ।

युएईवासी नेपालिका माझ निकै चर्चित रहेका केसी त्यहाँ रहेका नेपालीहरुको हरेक दुःख सुखमा साथ दिने गर्छन् । सानैदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका केसी नेपाली कांग्रेसका महासमिती सदस्य पनि बने । दोस्रो संविधान सभाको निर्वाचनमा जनसंपर्क समितीबाट उनी संविधान सभाको समानुपातिक उमेद्वार समेत बनेका हुन् ।

राजनीतिमा प्रवेश र विद्यार्थी राजनीतिः
बागलुङमा जन्मिएका केसी सानैदेखि राजनीतिमा सक्रिय थिए । पारिवारिक पृ्ष्ठभूमि पनि राजनीतिक नै भएका कारण उनी चाँडै नै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघमा सक्रिय भएर चर्चित बन्न पुगे ।
गुल्मीको शान्तीपूरमा माध्यामिक तहसम्मको अध्ययनका क्रममै उनले नेविसंघको ईकाई समितिको जिम्मेवारी सम्हालिसकेका थिए । त्यसपछि उनी पाल्पाको त्रिभुवनबहुमुखी क्याम्पसमा अध्ययन गर्दा राजनीतिमा अझ बढी सक्रिय रहे ।
अध्ययन कै क्रममा उनी काठमाडौं छिरे, काठमाडौंको त्रि-चन्द्र क्यापसमा पढ्दा पनि उनले राजनीतिलाई महत्वपूर्ण अस्त्र बनाए । त्रिचन्द्र क्याम्पसमा नेबिसंघको पकड राम्रो भएको हुँदा उनलाई त्यहाँ नेबिसंघबाट राजनीति गर्न सजिलो भयो । उनको सम्पर्क केन्द्रीय नेताहरुको पनि झन बढ्न थाल्यो ।

राजनीतिमा लागेपछिको अविस्मरणीय क्षणः 
सानैदेखि राजनीतिमा लागेका केसीले विभिन्न समस्याहरुका विषयमा सम्झिए । स्कूल र कलेजको राजनीतिका क्रममा विद्यार्थी संगठनहरुबीच हुने झगडा, हानथाप लगायका विविध समस्या त छदैछन्, तर आफू विर्सनै नसक्ने घटना पनि घटेको विषयमा पनि सुनाए ।
उनले भने– ‘एकपटक चुनाव प्रचार प्रसारको क्रममा जनमोर्चाका कार्यकर्ताले म माथी सांघातिक हमला गरे । म घाइते भएर अचेत भएको अवस्थामा मलाई तत्काल उपचारका लागि पोखरा लगियो, त्यहाँ निको नहुने भए पछि हेलिकप्टर मार्फत थप उपचारको लागि राजधानी पु¥याइएको थियो ।

त्यतिखेर लागेको चोट र घाउ त निको भयो तर, त्यो क्षेण म कहिल्यै विर्सिन्नँ । यसले मलाई देशप्रति सचेत हुन र कामप्रति कर्मठ बन्ने झन प्ररेणा मिल्यो ।’

युएई पलायन र जनसम्पर्क समिति गठनः 
अध्ययनकै क्रममा उनले नेपाल प्रहरीको अधिकृत स्तरको जागिरमा नाम निकाले । उक्त समयमा देशमा सशस्त्र द्वन्द्वको ज्वाला दन्किरहेको थियो । हो यहीबाट उनको युएइ यात्राको बाटो खुल्यो ।

जागिर खाउँ आफू मात्र नभएर परिवाले पनि दुःख पाउने, नखाउँ सधै घरको मुख ताकेर पनि जीवन नचल्ने । त्यसपछि उनले नेपाल प्रहरीको अधिकृत स्तरको जागिर छाडेर युएई हानिए । उनी युएई गए पनि राजनीतिको रोगले उनलाई छाडेन ।
उनी भन्छन् - ‘जब म युएई पूगे, कांग्रेस खोजेर पनि भेट्न गाह्रो थियो। मानिसहरु राजनीतिबाट निकै टाढा रहे जस्तो लाग्यो। सुरुमा युएईमा रहेका कांग्रेस समर्थकहरुसंगको सम्पर्क अघि बढाएँ । विस्तारै नेपाली जनसंपर्क समिति युएईको तदर्थ समिति गठन गरेँ।

हाल युएईमा गठन भएको नेपाली जनसंपर्क समिति संसारकै कृयाशिल र शसक्त नेपाली कांग्रेसको प्रवासी संस्थामध्य एक बन्न पुगेको छ । यो जनसम्पर्क समिति क्रियाशील बन्नुमा नेपाली कांग्रेसका बरिष्ठदेखि कनिष्ठ नेताहरुले पनि केसीकै नाम लिने गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply