Ticker

6/recent/ticker-posts

अमेरिका र चीनबीच युद्धको खतरा,दुवै देश आ–आफ्नो तयारीमा

एजेन्सी, फागुन ।
अमेरिकाले विवादित दक्षिण चिनियाँ समुद्रमा नियमित अभियान भन्दै युद्धक विमानसहित विमानबाट गस्ती गरेको छ । चिनियाँ विदेश मन्त्रालयले त्यस क्षेत्रमा बेइजिङको सम्प्रभुता र सुरक्षालाई चुनौति दिएको भन्दै चेतावनी दिएको भोलिपल्टै अमेरिकी पानीजहाज गस्तीमा निस्किएको हो ।
चीनले केही वर्षदेखि दक्षिण चिनियाँ समुद्रमा अप्राकृतिक टापु निर्माण गरिरहेको छ । अमेरिकाले दुई वर्ष अघि पनि मलेसियाली नेभी र एअर फोर्ससँग अभ्यास गर्ने भन्दै आफ्नो विमान त्यस क्षेत्रमा लगेको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीनलाई दक्षिणी चिनियाँ समुद्रको भूभाग लिनबाट आफूले रोक्ने बताएका थिए । ह्वाइट हाउसका प्रेस सेक्रेटरी शन स्पाएसरले भनेः‘दक्षिण चिनियाँ समुद्रमा रहेका द्वीपमा विश्वकै हक लाग्छ, केवल चीनले त्यसमा धाक जमाउन मिल्दैन ।’
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले दक्षिणी चीन सागरमा अमेरिकाको हक नलाग्ने प्रष्ट पार्दै यसबाट अमेरिकालाई टाढै रहन चेतावनी दिएकी छन् ।
बेइजिङस्थित विदेश मामला विज्ञ सुन हाओले चीनलाई उसको सामुद्रिक सीमामा अमेरिकाले अवरोध गर्ने प्रयास गरेमा दुई देशबीच युद्धको खतरा बढ्ने बताएका छन् ।

Post a Comment

0 Comments