एजेन्सी,फागुन ।
८९ औं ओस्कार अवार्डमा चलचित्र मुनलाइटले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सबै भन्दा धेरै १४ विधामा मनोनयनमा परेको चलचित्र ‘ला ला ल्याण्ड’लाई पछि पार्दै मुनलाइट सर्वोत्कृष्ट चलचित्र बनेको हो । चलचित्र ला ला ल्याण्डले सर्वोत्कृष्ट निर्देशक तथा सर्वोत्कृष्ट अभिनेत्रीसहित ६ विधामा अवार्ड जित्यो ।
सोमबार बिहान भएको अवार्ड समारोहमा चलचित्र ला ला ल्याण्डले ६ विधामा अवार्ड जितेको हो । सर्वोत्कृष्ट अभिनेताको अवार्ड ला ला ल्याण्डका रायन गोस्लिङलाई पछि पार्दै म्यानचेस्टर बाई दि सिबाट केसी अफ्लेकले जिते । यस्तै ला ला ल्याण्डबाट एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् भने ला ला ल्याण्डका निर्देशक डेमियन च्याजलले सर्वोत्कृष्ट निर्देशको अवार्ड जिते ।
फिन्सिसबाट विओला डेविसले सहअभिनेत्री र मुनलाइटबाट माहेर्शाल अलीले सहअभिनेताको अवार्ड जिते । यसैबिच सर्वोत्कृष्ट चलचित्रको रुपमा भुलबस ला ला ल्याण्डको नाम घोषणा गरिएको थियो । अवार्ड घोषणा गर्न गएका वारेन बेएट्टी र फायी युनावेले ला ला ल्याण्डको नाम घोषणा गरे ।
तर त्यसपछि गल्ति भएको भन्दै सर्वोत्कृष्ट चलचित्रको अवार्ड मुनलाईटले जितेको बताएका थिए । सबैले सांगीतिक चलचित्र ला ला ल्याण्डले नै सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्ने अपेक्षा गरेका थिए ।
कसले कुन अवार्ड जिते ?
सर्वोत्कृष्ट चलचित्रः मुनलाइट
निर्देशकः डेमियन च्याजल –ला ला ल्याण्ड
अभिनेत्रीः एम्मा स्टोन – ला ला ल्याण्ड
अभिनेताः केसी अफ्लेक–म्यानचेस्टर बाई दि सि
सहअभिनेत्रीः विओला डेविस –फिन्सिस
सहअभिनेताः माहेर्शाल अली–मुनलाइट
ओरिजिनल स्क्रिन प्लेः केनेथ लनर्गन –म्यानचेस्टर बाई दि सि
एडप्टेड स्क्रिन प्लेः मुनलाइट
वेष्ट कस्ट्युम डिजाइनः कालिन एटवुड –फ्यान्टास्टिक बिट्स एण्ड ह्वेर टु फाइण्ड देम
वेष्ट मेक–अप एण्ड हेयरस्टाइलिङः सुसाइड इस्क्वेड
वेष्ट डकुमेन्ट्री फिचरः ओजीः मेड इन अमेरिका
वेष्ट साउण्ड एडिटिङः सिल्वेन बेलेमार –अराइभल
वेष्ट साउण्ड मिक्सिङः हाक्स रिज
वेष्ट फरेन ल्याङग्वेज फिल्मः द सेल्स म्यान –इरान
वेष्ट एनिमेटेड सटः पाइपर
वेष्ट एनिमेटेड फिचरः जुटोपिया
वेष्ट प्रोडक्सन डिजाइनः ला ला ल्याण्ड
वेष्ट भिजुअल इफेक्ट्सः द जंगल बुक
वेष्ट फिल्म एडिटिङः जोन गिल्बर्ट –हाक्स रिज
वेष्ट डकुमेन्ट्री सर्टः द ह्वाइट हेलमेट्स
वेष्ट लाइभ एक्सन सर्टः सिङ
वेष्ट सिनेम्याटोग्राफीः लिनुस सान्ड्ग्रेन –ला ला ल्याण्ड
वेष्ट ओरिजिनल स्कोरः जस्टिन हुर्विट्ज –ला ला ल्याण्ड
वेष्ट ओरिजिनल सङः सिटी अफ स्टारस् –ला ला ल्याण्ड

0 Comments