Ticker

6/recent/ticker-posts

प्रतिपक्ष दल एमालेले बदल्यो रणनीति.....

काठमाडौ, माघ ।
स्थानीय निर्वाचन मिति घोषणा भएको स्थितिमा संविधान संशोधन प्रस्ताव छलफलपछि मतदानबाट टुंग्याउन अवरुद्ध संसद् खुलाउने निष्कर्षमा पुगेको एमालेले पार्टीको रणनीति बदलेको छ। प्रस्तावको विपक्षमा मतदान गर्ने गरी सदन खुलाउने निष्कर्षमा पुगेको एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले जसरी पनि संशोधन पारित गरेपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने मोर्चासँग सहमति गरेपछि रणनीति बदलेको हो।
‘शेरबहादुरजीले विपक्षीबाट चोरेर भए पनि संशोधन पारित गर्न साम, दाम, दण्ड, भेदको नीतिअनुसार दुईतिहाइ पु¥याउने कुरा गर्नुभयो, यो अत्यन्त घिनलाग्दो खेलको प्रस्ट संकेत हो।’ एमाले उपाध्यक्ष वामदेव गौतमले भनेः‘अब संशोधन प्रस्ताव फेल हुने सुनिश्चित देखिए मात्रै मतदानका लागि सदन खोल्ने निर्णयमाथि पुनर्विचार गर्छौँ, अन्यथा अवरोध गरेर भए पनि राष्ट्रिय हितविरुद्धको प्रस्ताव पारित हुन दिन्नौँ।’
यसअघि एमालेले निर्वाचन मिति घोषणा भए संशोधन प्रस्तावको सट्टा राष्ट्रिय सभाको निर्वाचकमण्डल फेर्ने गरी पूरक संशोधन ल्याइए मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने मूल्यमा पारित गर्न तयार रहेको संकेत गरेको थियो।
बालुवाटार स्रोतका अनुसार संविधान संशोधनपछि मिति घोषणा गर्ने मोर्चाका नेताहरूसँगको सहमतिपछि प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीसहित शीर्ष तहका नेताहरूसँग अनौपचारिक संवाद गर्ने मुडमा छन् ।

Post a Comment

0 Comments