Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

म्यानसिटी, फागुन ।
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा बोर्नमाउथलाई २–० ले हराएर म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको हो । २९ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफमा १–० को अग्रता लिएको सिटीका जितका लागि संघर्ष भने गर्नु परेको थियो । गएको तीन खेलमा बेन्चमा रहेका सर्जियो अग्युरो यो खेलमा १४ मिनेटपछि मात्रै मैदान छिरेका थिए । गाब्रिएल जिसस चोटग्रस्त भएपछि अग्युरो मैदान छिरेका हुन् ।
६९ औं मिनेटमा बोर्नमाउथका टाइरोन मिङ्गसले आत्मघाती गोल गरेपछि सिटी २–० ले विजयी भयो । जितपछि दोस्रो स्थानमा उक्लिएको सिटीको २५ खेलबाट ५२ अंक भएको छ । उ शीर्ष स्थानको चेल्सीभन्दा ८ अंकले पछि छ । सिटी टोटनह्यामलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । टोटनह्यामको ५० अंक छ । २५ खेलबाट २६ अंकसहित बोर्नमाउथ १४ औं स्थानमा छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply