Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । चार दिनसम्म चल्ने महाधिवेशनको दिउँसो साढे १२ बजे भृकुटीमण्डपमा उद्घाटन हुनेछ । उद्घाटनअघि उपत्यकाका ५४ ठाउँबाट विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित र्‍याली निकाल्ने तयारी छ । 
पार्टी प्रवक्ता राजाराम श्रेष्ठका अनुसार वडा, गाउँ, नगर, क्षेत्र हुँदै जिल्ला तथा प्रवासबाट छनोट भएका तीन हजार तीन सय १५ प्रतिनिधिमध्ये धेरै काठमाडौं आइसकेका छन् । उद्घाटन हुने बेलासम्म सबै प्रतिनिधि काठमाडौं आइसक्ने उनले जानकारी दिए ।
उद्घाटन सत्रमा प्रमुख दलका शीर्ष नेता तथा विभिन्न देशका राजनीतिज्ञलाई निम्तो गरिएको छ । उद्घाटन कार्यक्रमलाई फेसबुक र युट्युबमार्फत प्रत्यक्ष देखाउने तयारी भैरहेको पनि श्रेष्ठले जानकारी दिए । गएको मंसिर ६ गते तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि महाधिवेशन हुन लागिएको छ । अध्यक्षमा सर्वसहमति भएकाले अब एक सय ६० केन्द्रीय सदस्यका लागि शनिबारदेखि निर्वाचनको प्रक्रिया सुरु गरी सोमबार मतदान हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष थापाले नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था सहितको प्रजातान्त्रिक देश बनाउने कुरालाई मुख्य सिद्धान्त बनाउने प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply