Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर– प्राकृतिक विपत्ति लगायत विभिन्न कारणले जन्म दिने बाबुआमा गुमाएका साना केटाकेटीको मायालु घरको रुपमा स्थापना भएको एसओएस वालग्राम नेपालले आफ्नो स्थापनाको ४४ वर्षमा वालग्रामका १ हजार ३ सय १५ जना छोराछोरीलार्ई शिक्षादिक्षा र रोजगारमूलक तालीम पश्चात समाजमा पुर्नस्थापना गर्न सफल भएको छ ।


नेपालको पहिलो एसओएस वालग्रामको रुपमा सनोठिमीमा २०२९ साल (सन् १९७२) मा एसओएस वालग्राम स्थापना भएयता हालसम्म मुलुकभर १० वटा यस्ता वालग्राम सञ्चालनमा रहेका छन् । सानोठिमी भक्तपुर, जोरपाटी काठमाण्डौ, छोरेपाटन र रामबजार पोखरा, इटहरी, भरतपुर, काभ्रे, रुपन्देही, सुर्खेत र कैलालीका गरि १० वटा वालग्राम तथा युवालयमा हाल १ हजार ९०९ जना वालवालिका, किशोरकिशोरी र युवाहरु आश्रित रहेको वालग्रामका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्गले बताएका छन् ।

उनका अनुसार हरेक वालग्रामको एउटा घरमा १० जना वालवालिकाहरु दिदीभाई र दाजुबहिनीको नातामा बस्छन भने उनीहरुलाई स्याहार्न र रेखदेख गर्न एकजना आमा र आमा नभएको बेलामा हेर्न एकजना काकीको व्यवस्था गरिएको हुन्छ । एसओएस वालग्रामको सिद्धान्त बमोजिम आमा, दिदीभाई सहितको एउटा घर र त्यस्ता १० देखि १६ वटा घर मिलेर एउटा एसओएस वालग्राम बनेको हुन्छ । 

सन् १९४९ मा अष्ट्रियाका प्रा.डा.हर्मन माइनरले एसओएस वालग्रामको स्थापना गरेका हुन । यस्ता वालग्राम नेपाललगायत हाल संसारका १३४ देशमा छन् ।  समाजको संरचना अनुरुप वालग्राममा आश्रीत वालवालिकालाई कुनै कुराको कमी हुन नदिई आवश्यक रेखदेख, स्याहार सुसार, उचित र गुणस्तरीय शिक्षादिक्षाका साथै समाजका हरेक कृयाकलापमा वालग्रामका वालवालिकालाई सहभागी गराईदै आएको पनि  राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्गले बताएका छन् ।  

विशुद्ध सामाजिक भाव बोकेको एसओएस वालग्रामले मुलुकका १० वटा वालग्राममा वालवालिकाको उचित संरक्षण र रेखदेख मात्रै गर्दै आएको छैन, उनीहरुलाई वालग्रामकै परिसरमा हर्मन माइनर विद्यालय खोलेर गुणस्तरीय शिक्षा समेत दिँदै आएको छ । वालग्रामका वालवालिकालाई बाहिरी समाजका अन्य वालवालिकासंग घुलमिल हुन सकुन भन्ने उद्धेश्यले त्यस्ता वालवालिकालाई ती विद्यालयमा न्युनशुल्कमा पढ्ने समेत व्यवस्था मिलाइएको छ । हाल यस्ता विद्यालय ७ वटा छन् । जसमा ४ हजार ८९१ विद्यार्थी अध्ययनरत छन् । 

यसका साथै वालग्रामले मुलुकाका विभिन्न ठाउँमा वालस्याहार केन्द्र, सामाजिक केन्द्र, तालीम केन्द्र, मेडिकल केन्द्रको स्थापना गरि त्यसबाट वालवालिका तथा उनीहरुका परिवारका साथै वाहिरी समाजलाई आवश्यक सेवा दिँदै आएको छ । 

त्यतिमात्रै हैन २०७२ बैशाख १२ को विनाशकारी भूकम्पमा परि बाबुआमा गुमाएका ५३ जना वालवालिकालाई वालग्राममा ल्याएर संरक्षण गर्नुका साथै जोखिममा परेका वालवालिकाका लागि आकस्मिक सहायता कार्यक्रम (Emergency Response Programe) मार्फत आवश्यक सहयोग गर्दै आएको छ । सोही अनूरुप भूकम्पलगत्तै विभिन्न जिल्लामा अस्थायी शिवीरहरु खडा गरि घाइतेहरुको उद्धार, औषधि उपचार, खाद्यान्न, त्रिपाल (होम इन अ बक्स) लगायत वितरण गर्नुका साथै साना वालवालिकाको लागि वालस्याहार केन्द्र खोलिएको थियो । 

यसैगरि वालग्रामले विपन्नहरुका लागि नयाँ घर बनाइदिनुका साथै भूकम्पबाट भत्किएका सामुदायीक विद्यालयको मर्मत सुधार तथा नयाँ विद्यालय भवन बनाउने काम पनि गरिराखेको छ । यस कार्यक्रम अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुरका साथै सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट  र गोरखामा यस्ता नयाँ घर र विद्यालय बनाउने काम भईराखेको छ । 

जसअनुसार ९ वटा अस्थायी सिकाई केन्द्र तथा पुरानो विद्यालय भवनको मर्मत सुधारको काम सम्पन्न भईसकेको छ भने विपन्न परिवारका लागि ३२० वटा नयाँ घर र ३ वटा सामुदायीक विद्यालयको निर्माण कार्य भईरहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply