Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति नजिकिंदै विद्यार्थी संगठनहरुबीच झडप हुन सुरु भएको छ । ठमेलस्थित अस्कल कलेजमा शुक्रबार विद्यार्थी भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारी र अखिलबीच झडप भएको छ ।
कलेजले विद्यार्थी भर्नाको मिति २७ गतेसम्म मात्रै तोकेको थियो । तर, क्याम्पस प्रमुख राजु महाजुले आफुखुशी एक दिन भर्ना मिति बढाएर बिहीबारसम्म पुर्‍याए पछि विवाद भएको हो ।
एमाले निकट अखिलले पूर्वसूचना विपरित क्याम्पस प्रमुखले आफु खुशी भर्ना मिति बढाएको भन्दै विरोध गरेका थिए । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले भने क्याम्पस प्रमुखको निर्णयलाई साथ दिएपछि दुई विद्यार्थी संगठनबीच झडप भएको हो ।
समय थप भएसँगै ८ जना विद्यार्थी भर्ना हुन आएका थिए । उनीहरु सबै क्रान्तिकारीको तर्फबाट आएका अखिलको दावी छ ।
सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्र सिंह राठौरका अनुसार क्याम्पस प्रमुख महाजुमाथि अखिलका विद्यार्थीहरुले हातपातको प्रयास गरेका थिए । हातपात गर्न खोज्ने विद्यार्थीलाई प्रहरीले तितरवितर पारेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply