Ticker

6/recent/ticker-posts

वैशाखबाट अत्याधुनिक नम्बर प्लेट

काठमाडौ, माघ ।
सरकारले वैशाखबाट सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट जडान गर्ने भएको छ। यातायात व्यवस्था विभागले सवारी यातायात तथा व्यवस्थापन ऐन २०४९ मा गरिएको व्यवस्था अनुसार सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट जडान गर्ने तयारी गरेको हो।
आगामी वैशाखबाट सवारी साधनहरुमा अत्याधुनिक नम्बर प्लेट राख्न सुरु हुने यातायात व्यवस्था विभागका शाखा अधिकृत डा. टोकराज पाण्डेले
जानकारी दिए। विभागले अत्याधुनिक नम्बर प्लेटको जडानबाट सवारी साधनको पहिचान गर्न सजिलो हुने पनि स्पष्ट पारेको छ । सवारी साधनको चोरी भए वा हराएमा पहिचान गर्न पनि अत्याधुनिक नम्बर प्लेटले सहज बनाउने विभागका शाखा अधिकृत पाण्डेले बताए।
अत्याधुनिक नम्बर प्लेट बनाउने कामलाई तीव्रता दिइएको पनि विभागले जनाएको छ । ठेक्का प्रक्रिया पुरा गरी काम अघि बढाइएको विभागले जानकारी गराएको हो । विभागले सवारी साधन हराउने र चोरी हुने सम्भावना बढदै गएपछि ती समस्या समाधानका लागि सवारी साधनमा अत्याधुनिक नम्वर प्लेट राख्ने योजना अघि बढाएको हो ।
सवारी साधनको व्यवस्थापनमा अत्याधुनिक नम्बर प्लेटले पनि सघाउ पुर्‍याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

Post a Comment

0 Comments