Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर, माघ । वरिष्ठ छातिरोग विशेषज्ञ डा.मोहनकुमार प्रसाईलाई राष्ट्रिय क्षयरोग केन्द्रको प्रमुखमा नियुक्तिको माग गर्दै सोमबार केन्द्रका ४ दर्जन कर्मचारी आज स्वास्थ्य मन्त्रालयमा डेलिगेशन गएका छन् ।

केन्द्रमा कार्यरत चिकित्सकदेखि, नर्स, प्राविधिक र प्रशासनिक कर्मचारीहरु मन्त्रालयमा गएर मन्त्री गगन थापा, राज्यमन्त्री तारामान गुरुङ्ग तथा सचिव सेनेन्द्रराज उप्रेतीसमक्ष सो माग राखेका हुन ।

करीव २८ वर्षदेखि राष्ट्रिय क्षयरोग केन्द्रमा काम गर्नुको साथै पटक पटक क्षेत्रीय क्षयरोग केन्द्र पोखराको प्रमुखसमेत भई काम गरेका र क्षयरोग रोकथाम तथा नियन्त्रणको नीति तथा कार्यक्रमलाई राम्ररी बुझेका डा.प्रसाईलाई केन्द्रको प्रमुखको जिम्मेबारी नदिए राष्ट्रिय क्षयरोग कार्यक्रम शुन्यमा पुग्ने कर्मचारीहरुले स्वास्थ्यमन्त्री, राज्यमन्त्री रसचिवलाई अवगत गराएका थिए । केन्द्रको दोस्रो वरियतामा रहेका डा.प्रसाई १० औं तहका एकमात्र छातिरोग विशेषज्ञ हुन ।

केन्द्रमा कार्यरत डा.विकास लामिछानेलाई भ्रष्टाचारको कारण केन्द्रबाट हटाएर मन्त्रालयले आइतबारदेखि लागु हुने गरि केन्द्रबाट वालस्वास्थ्य माशाखामा सरुवा गरेको थियो । डा.लामिछानेको सरुवा भएपछि सो ठाउँमा केन्द्रमै कार्यरत १० औं तहका डा.प्रसाईलाई प्रमुखको जिम्मेवारी दिनुको साटो सो ठाउँमा क्षयरोगको बारेमा शुन्य अनुभव भएका कान्ति वाल अस्पतालका वालरोग वशेषज्ञ डा.आरपि विक्षालाई ल्याउने प्रयास भएपछि केन्दका कर्मचारीहरु मन्त्रालयमा डेलिगेशन गएका थिए ।

क्षयरोगको ज्ञान नभएपनि डा.विक्षा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि आरजु देउवाको सिफारिसमा केन्द्रको प्रमुख हुने दाउमा छन । कान्ति अस्पतालको फोकल पर्सनको रुपमा काम गरिरहेको डा.विक्षा यसअघि परिवार स्वास्थ्यको निर्देशकको रुपमा काम गर्दा भ्रष्टाचार गरेको आरोपमा उनलाई फेरि कान्ति अस्पतालमै फिर्ता पठाइएको थियो ।

यसअघिका स्वास्थ्यमन्त्रीहरुले आफ्नो स्वार्थ सिद्धका लागि क्षयरोग कार्यक्रमलाई तहस नहस गर्ने गरि पव्लिक हेल्थ समूहका डा.राजेन्द्र पन्त र डा.विकास लामिछानेलाई दुई÷दुई वर्ष केन्द्रको निर्देशक बनाउँदा केन्द्र भ्रष्टाचार मौलाउनुका साथै क्षयरोग नियन्त्रण कार्यक्रम भताभुंग भएको केन्द्रका कर्मचारीहरु बताउँछन् । यसैका कारण गत ४ वर्षदेखि क्षयरोग कार्यक्रम सरकारको रातो कितावमा मात्रै सीमित भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply