Ticker

6/recent/ticker-posts

मधेशी मोर्चाले भन्दैमा संविधान संशोधन नहुने कांग्रेस महामन्त्री कोइरालाको टिप्पणी

काठमाडौ, माघ ।
सत्तारुढ घटक नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले पार्टीका केही व्यक्तिले भन्दैमा संविधान संशोधन गर्न नमिल्ने बताएका छन्। भक्तपुरमा सोमबार भएको सात्क्षात्कारमा बोल्दै महामन्त्री डा. कोइरालाले कांग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नरहेको समेत टिप्पणी गरे । उनले भनेः‘ संविधान संशोधन गर्न दुई तिहाई बहुमतको आवश्यक  पर्छ, कांग्रेस पहाडलाई विभाजन गरेर संघीय प्रदेश बनाउने पक्षमा छैन ।’
उनले पाँच नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भावना खल्बलीने भन्दै मधेशी मोर्चाले भन्दैमा कांग्रेस संविधान संशोधनमा नलाग्ने समेत दावी गरे । पहिला स्थानीय निकायको निर्वाचन गरेर प्रदेश हुँदै प्रतिनिधिसभाको निर्वाचन आगामी ७ माघ २०७४ सालसम्म जसरी पनि गर्नुपर्ने भन्दै महामन्त्री कोइरालाले मधेशी मोर्चालाई दुई तिहाई बहुमत पुर्‍याएर संविधान संशोधन गरेर देखाउन चेतावनी दिए।
महामन्त्री कोइरालाले भनेः‘ अहिलेको संविधान ९२ प्रतिशत सभासद्ले पारित गरेको संविधान हो। विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन संशोधन गर्न सकिन्न।’ उनले निर्वाचन नभए संविधान असफल हुने भन्दै तत्काल निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन समेत दिए । कोइरालाले सरकारले ०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्ण रूपमा असफल हुने चेतावनी समेत दिए । सरकारले निर्णय गरेबमोजिम जेठ १० गते भित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने कोइरालाको भनाई थियो ।

Post a Comment

0 Comments