Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

विराटनगर,फागुन ।
विराटनगरवाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) शनिबारबाट सुरु भएको छ । विराट एक्स्पोलाई लक्षित गरी आजबाट तीन दिनसम्म यति एयरलाइन्सवाट पर्वतीय उडानको व्यवस्था गरिएको हो ।
विराट एक्स्पो आयोजक समिति एव विराटनगरमा पर्यटनसँग सम्बद्ध संघसंस्था संयुक्त प्रयासमा यति एयरलाइन्स विमानलाई भाडामा लिई पूर्वाञ्चलमै पहिलोपटक पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरिएको हो ।
यति एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट शुरु गरेको हो । राजधानीबाहिर पहिलो पल्ट पुर्वी नेपालवाटै पूर्वका हिमशृंखलाको अवलोकन गराउने उद्देश्यले माउन्टेन फ्लाइट उडान सुरु गरिएको उद्योग संगठन मोरङका अध्यक्षसमेत रहेका विराट एक्स्पो आयोजक समितिका संयोजक मुकेश उपाध्ययले जानकारी दिए ।
उपाध्ययका अनुसार विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर हिमाल सहितका हिमशृंखला हेर्ने गरी माउन्टेन फ्लाइटको व्यवस्था मिलाइएको छ । आयोजक संस्था मध्येका साझेदार संस्था विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले २९ सिटे यति एअरलाइन्सको जहाजमा २२ जना जान मिल्नेछ ।
श्रेष्ठकाअनुसार कुल ५० मिनेटको उडानका लागि प्रतिव्यक्ति ९ हजार रुपैयाँ भाडा तोकिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply