Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, फागुन ।  स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि आइतबार पनि उम्मेद्वारी दर्ता हुँदैछ । मनोनयन दर्ता शनिबार नै गर्नुपर्ने भए पनि विद्यार्थी संगठनको तालाबन्दी र झडपका कारण धेरै क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि आइतबार पनि मनोनयन दर्ता गर्नेगरी आन्तरिक कार्यतालिका हेरफेर गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य नरेन्द्र शिवाकोटीले आउँदो बुधबार नै चुनाव गर्नेगरी आन्तरिक कार्यतालिका समायोजन गरिएको र शनिबार बेलुका बैठकमा विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले तालाबन्दी हटाएर आइतबार मनोनयन दर्ता गर्ने प्रतिवद्धता जनाएको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकाका २२ वटा आंगिक क्याम्पसमध्ये भक्तपुर क्याम्पस, सानोठिमी क्याम्पस, चिकित्साशास्त्र अध्ययन सस्ंथान, नर्सिङ क्याम्पस र जनप्रशासन क्याम्पसमा मात्र शनिबार मनोनयनपत्र दर्ता भएको छ । केही क्याम्पसमा आंशिक रुपमा मात्र मनोनयन दर्ता भएकाले ती लगायत शनिबार मनोनयन दर्ता नै हुन नसकेका क्याम्पसमा आइतबार मनोनयन दर्ता हुने शिवाकोटीले जानकारी दिनुभयो ।
काठमााडौं बाहिर इलाम, पाल्पा र धनकुटामा केही समस्या भएको बाहेक सबैजसो क्याम्पसमा मनोनयन दर्ता भएको तर काठमाडौं उपत्यकामा भने धेरैजसो क्याम्पसमा कित आगजनी र तोडफोड कि त तालाबन्दी भएको छ ।
तराईका जिल्लामा भने मधेसी मोर्चाले क्याम्पस बन्द गराएका कारण स्ववियु चुनावको कुनै काम हुन सकेको छैन ।
स्ववियु निर्वाचन: कुन क्याम्पसमा के भयो ?

 त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित भएको छ । ठूला संगठनबाटै क्याम्पसहरूमा आगजनी, तालाबन्दीजस्ता गतिविधि भएपछि शनिबार अधिकांश क्याम्पसमा उम्मेदवार मनोनयन रोकिएको छ ।

त्रिवि केन्द्रीय क्याम्पस
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरिएको छ । अखिल क्रान्तिकारी (प्रचण्ड)ले केन्द्रीय क्याम्पसमा एकलौटी हस्तक्षेप गरेर मतदाता नामावली सार्वजनिक गरेको भन्दै अन्य विद्यार्थी संघ–संगठनले तालाबन्दी गरेका हुन् । त्यस्तै, घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा एक साताअघि लागेको ताला अझै पनि खुल्न सकेको छैन ।

रत्नराज्यलक्ष्मी क्याम्पस
रत्नराज्यलक्ष्मी क्याम्पसमा पनि विभिन्न संगठनले शनिबार फेरि तालाबन्दी गरेका छन् । नेविसंघलगायतका संगठनहरूले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् । सो क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारीले अध्यक्षको उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यस्तै नेक्राविसंघले अध्यक्ष, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ ।

शंकरदेव क्याम्पस
शंकरदेव क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको विरोधमा अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवलगायतले तालाबन्दी लगाएका छन् ।

सरस्वती बहुमुखी क्याम्पस
सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा बिबिए तेस्रो वर्ष, बिबिएस चौथो वर्ष र मास्टर्स दोस्रो वर्षका विद्यार्थीले तालाबन्दी गरेका हुन् । बिबिएमका विद्यार्थीले आफ्नो नाम मतदाता सूचीमा छुटाएको विरोधमा पनि तालाबन्दी गरेका छन् ।

पशुपति बहुमुखी क्याम्पस
चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवलगायतका संगठनले तालाबन्दी गरेका छन् ।

पब्लिक युथ क्याम्पस
पब्लिक युथ क्याम्पस पकनाजोलमा विद्यार्थी संगठनले मतदाता नामावलीमा त्रुटि रहेको र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीले स्ववियुमा निर्वाचित पधादिकारीको म्याद २ वर्षमा नै हुनुपर्ने माग राख्दै तालाबन्दी गरेका छन् ।

थापाथली इन्जिनियरिङ
थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघ र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् । सो क्याम्पसमा अखिल क्रान्तिकारी र नेक्राविसंघ दुई संगठनले अध्यक्ष र सचिव पदको उम्मेदवार मनोनयन दर्ता गरेका छन् । थापाथली ई क्रान्तिकारी र नेक्राविसंघले अध्यक्ष र सचिव पदको उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।

महेन्द्ररत्न क्याम्पस
ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी विप्लवले तालाबन्दी गरेका छन् ।

विश्वभाषा क्याम्पस
विश्वभाषा क्याम्पसमा वैद्य र विप्लवनिकटका अखिल क्रान्तिकारीले ताला लगाएका छन् ।

पुल्चोक इन्जिनियरिङ
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विप्लव र वैद्यनिकट अखिल क्रान्तिकारीले ताला लगाएका छन् ।

पद्मकन्या क्याम्पस
बागबजारस्थित पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियनलगायतले तालाबन्दी गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply