Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भारतको राजधानी नयाँ दिल्ली आसपास केन्द्र बनाई गएको भूकम्पको झड्का नेपालमा पनि महसुस गरिएको छ ।

राति १० बजेर ३४ मिनेटमा दिल्लीमा भूकम्पको झड्का सुदूरपश्चिमको कञ्चरपुर आसपासमा क्षेत्रमा महसुस गरिएको हो । भूकम्प गएको केही सेकेण्डसम्म कम्पन बारम्बर आइरहेको स्थानीले बताएका थिए ।

भारतको मौसम विभाग आइएमडीका अनुसार भूकम्पको केन्द्र देहरादूनभन्दा उत्तरपूर्व रुद्रप्रयागको आसपास रहेको जनाएको छ । तर, यूरोपीयन मेडिटिरेनियम सीस्मोलोजी सेन्टर (इएमएससी) र यूनाइटेड स्टेट्स जियोलोजिकल सर्भिस (यूएसजीएस)ले भने भूकम्पको केन्द्र पीपलकोटी आसपास रहेको जनाएका छन् ।

भूकम्पको तीव्रता ५.८ रेक्टर स्केल मापन गरिएको छ । भूकम्पको झड्का दिल्ली लगायत उत्तर प्रदेश, हिमान्चल तथा हरियाणामा पनि गरिएको छ । भूकम्पको गएपछि स्थानीय घरबाट बाहिर सडकमा निस्किएका थिए । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply