Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

नेपालगञ्ज, माघ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा १ सय ८६ जनालाई बैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ । नेपाली नागरिकसँग बिवाह गरेकी  भारतीय चेलीले बैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।
पन्थका अनुसार कात्तिकदेखि पुस मसान्तसम्म १ सय ८६ जना भारतीय चेलीले नेपालीसँग बिवाह गरेपछि बैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेका हुन् ।  नेपालको संविधान २०७२ जारी भएपछि केही व्यक्तिले तराई–मधेसका जिल्लामा नागरिकताको सन्दर्भमा गलत प्रचार गरेको भएपछि बाँके प्रशासनबाट नियमित बैवाहिक अंगीकृत नागरिकता बितरण हुदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले अघिल्लो आर्थिक वर्षमा एकवर्षको अवधीमा नेपाली नागरिकसँग विवाह गर्ने  ३ सय ८४ जना भारतीय चेलीलाई नेपाली नागरिकता प्रदान गरेको छ ।
नेपालीसँग बिबाह गर्ने भारतीय चेलीले नागरिकता पाउँदैनन् भन्ने हल्ला चलाइएपनि बास्तविकता उनीहरुलाई नागरिकता लिन झनै सजिलो हुने गरेको कर्मचारीहरु बताउँछन् ।
जिल्ला प्रशासनबाट हरेक शुक्रबार बैवाहिक अंगीकृतको नागरिकता वितरण हुने गरेको छ ।  नेपाली नागरिकसँग बिबाह गर्ने भारतीय चेलीले नेपाली नागरिकता पाउनका लागि बिबाह दर्ता, पतिको नागरिकता,  विदेशी नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ । हुलाकमा रजिष्ट्री  गरिएको पत्र र निवेदनको प्रतिलिपीलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ । प्रशासनका अनुसार सातामा ५ देखि २५ जनासम्मको निवेदन प्राप्त हुने गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply