Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मुगु,फागुन ।
सुत्केरी व्यथाले थलिएको चार दिन पछि दशौ सन्तानकी आमा रिउलि जैसीको फेजनेपाल नामक सँस्थाले ज्यान बचाईदिएको छ । नत नजिक अस्पताल नत आर्थिक सार्मथ्यता नै। नेपालको अति दुर्गम मुगु जिल्लाको धैनकोट गा.वि.स. स्थित दइगाँउका पुन्नप्रसाद जैसीमाथि काहाली लाग्दो वज्रपात हो यो । प्रसव पिडा र अत्याधिक रक्तस्रावका कारण ओछ्यानमा छटपटाइ रहेकी श्रीमतिलाई छेउमा बसेर टुलुटुलु हुर्नु सिवाय अन्य विकल्प केही थिएन पुन्न प्रसाद सँग ।
मुगु जिल्लाकै गरिवको सुचिमा समावेस छन् पुन्न प्रसाद जैसी । छोरा पाउने आसाले यो पटक दशौ सन्तानको रुपमा जन्माउन लागेका थिए तर सोचे जस्तो हुन नसकेपछि पिडा माथी बज्रपात भएको हा । पोखरा गण्डकी उपक्षेत्रीय अस्पतालमा पुगेर अप्रेसन पछि मरेको बच्चा जन्मेको सहयोमा संलग्न पूर्णचन्द्र देवकोटाले जानकारी दिनु भएको छ ।
घरमा खानलाउन केही छैन नौ जना छोरी पालोपैचो गरेर बाँचेका छन । त्यसैमाथी अरुबेला जस्तो दशौ सन्तानको बेला आफै बच्चा जन्माउन सकीनन् रिउलि ले । चारदिनसम्म व्याथा लागेको तर कतैबाट सहयोग पाइएला भन्ने उनलाई आशा नै लागेको थिएन । तर उनलाई देउता मिलेजस्तै भयो  फेज नेपाल । उनी भन्छन्ःयो संस्थाले यति ठुलो सहयोगको हात फैलायो मलाई थाहा छैन् ।’
हेृलीकप्टर गाँउमै बसालेर फेजनेपालले सुत्कीको उपचारको लागी पोखरा लगिएको थियो । मुगु जिल्लामा सामाजिक परिवर्तन रुपान्तरणको लागी कार्यरत फेजनेपाल नामक गैरसरकारी सँस्थाको पहलमा हेलिकप्टर चाटर गरेर मृत्युसँग लडिरहेकी ४८ वर्षीया सुत्केरी श्रीमती रिउली जैसीको ज्यान जोगिएको छ ।
फेज नेपालको पहलमा पोखराको गण्डकी उपक्षेत्रीय अस्पताल पु¥याएर शल्यक्रिया गरी रिउलीको पेटभित्रको मृत बच्चालाइ निकालेपछि रिउलिको ज्यान बचेको छ । हेलिकप्टर गाँउमा नपुगुन्जेलसम्म घरमा धामी,झाँक्रि गर्दै राखिएको थियो ।
आर्थिक समस्याका कारण रिउलिलाई अस्पताल लैजान र उपचार गराउन नसकिएको खवर फेजनेपाल ले पाएपछि आफ्नै पहलमा हेलीकप्टर चाटर गरेको हो ।
अहिले पोखरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । तर विरामिको पिडा एकातिर छ भने अर्को तिर कसरी घर फर्कने पिडाले आकुल व्याकुल भएका छन पुन्न प्रसाद जैसी । किनकी उनीसंग घर फर्किनेसम्म पैसा छैन् ।
अहिले पोखरामा पूर्ण चन्द्र देवकोटा,अम्मर बहादुर मल्ल र विगत २० वर्ष सम्म दइगाउँको श्री हिमालय प्रा.वि. स्कुलमा सेवा दिनु भएका ,रत्नमायाँ तिवारी र विष्णु निवारीले आर्थीक सहयोग गर्नु भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply