Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले संविधान जारी हुन नदिने षड्यन्त्र जस्तै अहिले स्थानीय तहको चुनाव हुन नदिने षड्यन्त्र भईरहेको आशंका गरेका छन् । अध्यक्ष ओलीले सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव हुन नदिन विभिन्न बहानाबाजी युक्त पड्यन्त्र भईरहेका टिप्पणी गरेका हुन् । एमालेको व्यापक दवावकै कारण सरकार स्थानीय तहको चुनावको घोषणा गर्न बाध्य भएको भन्दै अध्यक्ष ओलीले जसले जति षड्यन्त्र गरेपनि एमालेले चुनाव गराएरै छाड्ने समेत दावी गरे ।
उनले संविधान कार्यान्वयन नै अहिलेको मुख्य चुनौती भएको समेत बताए । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेकाले खबरदारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । निर्वाचनसँगै संविधान कार्यान्वयन हुने भन्दै उनले निर्वाचनमा जुट्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष ओलीले सरकारमा भएका दलहरु निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाए । उनले संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नभएकाले सरकारले ल्याएको प्रस्तावलाई एमालेले असफल बनाएरै छाड्ने जिकिर पनि गरे ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply