Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
इंग्लिस प्रिमियर लिगमा साबिक विजेता लेस्टर सिटीले प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिको पहिलो खेलमा शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले शीर्ष चारको होडमा रहेको लिभरपुललाई ३–१ ले हराएको हो ।
लेस्टरको जितमा जेमी भर्डीले दुई तथा ड्यानी ड्रिङ्कवाटरले एक गोल गरे । लिभरपुलका लागि फिलिप कोन्टिन्होले एक गोल फर्काए । यो सिजन क्लबले लगातार खराब प्रदर्शन गरेपछि लेस्टर सिटीले गएको हप्ता अघिल्लो सिजन लगभग असम्भव जस्तै मानिएको प्रिमियर लिगको उपाधि दिलाउने प्रशिक्षक रानिएरीलाई बर्खास्त गरेको थियो ।
लेस्टर सिटीले कार्यबहाक प्रशिक्षक क्रेग शेक्सपियरको प्रशिक्षणमा राम्रो प्रदर्शन गरेको हो । लेस्टर सिटीले लिगामा सन् २०१७ लागेपछि पहिलो पटक गोल गरेको हो । जितपछि लेस्टर रेलिगेशन जोनबाट पनि बाहिर निस्किएको छ । २६ खेलबाट २४ अंक जोडेको लेस्टर १५ औं स्थानमा छ । पराजित भएको लिभरपुल भने २६ खेलबाट ४९ अंकसहित पाँचौं स्थानमा छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply