Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
साल्ट ट्रेडिङको चिनी गोदाम रित्तिँदा पनि सरकारले बेवास्ता गरेपछि चिनीको मूल्य रेकर्ड बिन्दमा पुगेको छ । काठमाडौंभित्रै ९५ रुपैयाँ प्रतिकिलो पुगेको चिनी काठमाडौं आसपासकै ग्रामीण क्षेत्रहरुमा एक सय रुपैयाँ नाघिकसेको छ । खुद्रा ब्यपार संघका अध्यक्ष पवित्र बज्राचर्यका अनुसार यसअघि चिनी अधिकतम् ९० रुपैयाँभन्दा माथि लागेको थिएन ।
नाकाबन्दीको समयमै पनि चिनी किलोको ८५ रुपैयाँ नाघेको थिएन । तर, अहिले दुईसाताभित्रै किलोको १० देखि १५ रुपैयाँसम्म महंगिएको छ । बजारमा अभाव भएर वा माग बढेर चिनी महंगो भएको हैन, विनाकारण नै होलसेलमा मूल्य बढेर आएको छ । यसैका कारण खुद्रा पसलमा चिनीले सय रुपैयाँ मूल्य काटेको छ ।
साल्ट ट्रेडिङले मौज्दात राखिन्जेल बजारमा चिनीको मूल्य बढाउने आँट चिनी उद्योगी गर्दैनन् । तर, अहिले साल्ट ट्रेडिङलाई कमजोर पारेर सरकारी अधिकारी, चिनी उद्योगी, ठूला ब्यापारीबीच चिनीको मूल्य बढाउन साँठगाँठ भएको आरोप उपभोक्तावादीहरु लगाउँछन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply