Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, माघ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी कार्यकारी आदेश तत्कालका लागि निलम्बित गर्ने अदालतको फैसला विरुद्ध अपिल दर्ता गरेका छन् ।
अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति ट्रम्पको आदेश निलम्बित गर्ने सम्बन्धी सिएटल अदालतका न्यायाधीशको फैसला विरुद्ध अपिल दर्ता गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । वासिङ्टन राज्यको सिएटलमा रहेको संघीय अदालतका न्यायाधीश जेम्स रोबर्टले शुक्रबार अबेर ट्रम्पको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गरेको थियो । न्याय मन्त्रालयले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश देशको सुरक्षाका लागि गरिएको भन्दै त्यसलाई निलम्बित गर्न नहुने माग गर्दै अपिल दर्ता गरेको हो ।
न्याय मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्प, होमल्याण्ड सेम्युरिटी मन्त्री जोन केली र विदेश मन्त्री रेक्स टिल्लर्सनको तर्फबाट अपिल दर्ता गरेको हो । सिएटलका न्यायाधीशले राष्ट्रपतिको आदेश निलम्बित गरेपछि विभिन्न ठाउँमा रोकिएका मानिस अमेरिका प्रवेश गर्न थालेका छन् । विदेश मन्त्रालयले राष्ट्रपतिको निर्देशनपछि रद्द गरेका ६० हजार भन्दा धेरै भिसा फेरि जारी गर्न थालेको छ ।
ट्रम्पको विरोध तथा अदालतको फैसलाको पक्षमा अमेरिकाको वासिङ्टन, मायामीसहितका शहरमा प्रदर्शन भइरहेको छ । यस्तै पेरिस, बर्लिन, लण्डनसहितका बेलायती शहरमा पनि प्रदर्शन भइरहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply