Ticker

6/recent/ticker-posts

नेपाल र केन्याबीचको खेल नेपालमै

काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल र केन्याबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने भएको छ। आईसीसीले आफ्नो वेबसाइटमा नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने जनाएको हो।
नेपाल र केन्याबीचको  पहिलो खेल फागुन २८ र दोस्रो खेल फागुन ३० मा हुने आईसीसीले जनाएको छ। यसअघि आइसीसीले खेल स्थान तोकेको थिएन।

Post a Comment

0 Comments