Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सप्तरी, माघ ।
सप्तरीको पातो गाविसमा एक जना बालकको हत्या भएको छ । तीन वर्षीय बालकको हत्या आफ्नै काकीले गरेको रहस्य खुलेको छ । पातो गाविस ५ गोबिन्दपुर निवासी धर्मदेव मण्डल खत्बेका ३ वर्षीय  छोरा रामअवतार मण्डलको उनकै काकी उर्मिलादेवीले हत्या गरेकी हन् । बालकको घाँटी निमोठेर गत शनिबार नै उर्मिलाले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
घाँटी निमोठेर हत्या गरी बोरामा हालेको अवस्थामा मृतकको घर पछाडिको बारीमै सोमबार बिहान शव फेला परेको छ । प्रहरीले उर्मिलालाई नियन्त्रणमा लिएको छ । बालकको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल असपतालमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीले जानकारी दिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply