कक्षा १० मा अध्ययनरत कृष्णराम पुर्कुटीको आज विहान बनेपास्थित चिर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पुर्कुटीको निधन भएपछि आफन्तले विद्यालयको लापरवाहीका कारण ज्यान गएको भन्दै विद्यालयमा तोडफोड गरेकाे जनाइएकाे छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन सेल हवाई फाएर गरेका जनाइएको छ । अहिले पनि मृतकका आफन्तजन आक्रोशित भएर तोडफोडमा संलग्न भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन विद्यालय परिसरमा ठूलो मात्रामा परिचालन गरिएको हाम्रा सहकर्मीले जानकारी दिएका हुन् । मृतक पुर्कुटी सोही विद्यालयको होस्टेलमा बस्दै आएका थिए ।
0 Comments