Ticker

6/recent/ticker-posts

‘निर्वाचन रोक्ने षड्यन्त्र भैरहेछ’ अध्यक्ष ओली

कञ्चनपुर,  चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न आकर्षक आवरणभित्र निर्वाचन रोक्ने षड्यन्त्र भैरहेको बताएका छन्। शुक्रबार मेची-महाकाली राष्ट्रिय अभियानको अन्तिम दिन कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्र्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले स्थानीय तहको संख्या थपने कुरा गरेर निर्वाचनलाई टार्न खोजेको आरोप लगाए।

पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले लोकतन्त्र संस्थागत गर्न, संविधान कार्यान्वयन र संक्रमणकालको अन्त्य गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजान निर्वाचन आवश्यक भएको बताए। सरकार र देशी बिदेशी तत्व एमालेको जनलहर देखेर आत्तिएको भन्दै उनले भने, ‘एमालेको जनाधार देखेर सबै आत्तिएका छन्।’

उनले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। उनले भने, ‘अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित भएको छ।’

अध्यक्ष ओलीले अभियानमा सहभागिता, सहयोग र ऐक्यबद्धता प्रकट गर्नुहुने आमजनसमुदायमा कृतज्ञता ज्ञापन गर्दै वर्तमान सरकारले बितेको सात महिनामा स्थानीय तहको निर्वाचन मिति घोषणाबाहेक अन्य कुनै पनि काम गर्न नसकेको आरोप लगाए।

अध्यक्ष ओलीले सीमामा अतिक्रमण, नेपालीमाथि हेपाहा प्रवृत्ति देखाएर नेपालीको भावनामा चोट नपु¥याउन भारतसित आग्रह गर्दै केही दिन अघि भारतीय सुरक्षा बल ९एसएसबी०को गोली लागेर सहादत प्राप्त गरेका पुनर्वासका गोविन्द गौतमको घटनामा भारतले नेपाल र नेपाली नागरिकसित माफी माग्नुपर्ने तथा दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न माग समेत गरे।

‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान ः सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान’ भन्ने नाराका साथ नेपालको पूर्व झापा जिल्लाको काँकडभिट्टाबाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान पश्चिमको कञ्चनपुरस्थित महेन्द्रनगरमा पुगेर बिहीबार सम्पन्न भएको छ।

अभियानको प्रचारप्रसारका लागि झन्डै १० लाख घरधुरीमा पुगेर कार्यकर्ताले ५० लाखभन्दा बढी जनतालाई पार्टीको अपिल वितरण गरेका र २५ किलोमिटरभन्दा लामा ¥यालीहरू भएको अध्यक्ष ओलीले बताए।

Post a Comment

0 Comments