Ticker

6/recent/ticker-posts

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीको भेट तय

काठमाडौ,चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को साताबाट सुरु हुने चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ । बोआओ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल १० गते चीन जानेछन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । दाहालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रकाशशरण महतसहितको सानो टोली जाने तय भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले १२ गते बोआओ फोरमलाई सम्बोधन गर्नेछन् । भोलिपल्ट बेइजिङ आएर राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ । प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीको भेटलाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीको भेटमा वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर हुने सम्भावना छ । वान बेल्ट वान रोडमा भारतले समर्थन जनाएको छैन, जसका कारण चीनले नेपालको समर्थन खोज्दै आएको छ ।
तर, व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भने नहुने भएको छ ।
नेपाली पक्षले अन्तरदेशीय रेलवे लाइन लगायतका एजेण्डालाई पनि प्राथमिकता दिएको छ । केरुङ–काठमाडौं–लुम्बिनी रेलको डिपीआरका लागि सम्झौता गर्ने एजेन्डा नेपाली पक्षको प्राथमिकता छन् ।

Post a Comment

0 Comments