Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहालसंगको भेटवार्तामा चिनीयाँ राष्ट्रपति सी जिनपिङले सडक र रेलमा चासो राखेका छन् । राष्ट्रपति सीले स्थानीय तहको निर्वाचनमार्फत नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धि आउने विश्वास व्यत्तः गरेका छन् ।
भेटवार्तालगत्तै चिनियाँ टेलिभिजन सिजिटिएनलाई अन्तर्वार्ता दिएका प्रधानमन्त्री दाहालले राष्ट्रपति सीले नेपालसँग रेल र सडक सम्पर्क विस्तारमा व्यक्तिगत तहबाट पनि चासो लिएको बताएका छन् ।
पत्रकार हान पेङलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री दाहालले भनेः‘ ‘राष्ट्रपतिसँग मेरो मुख्य रूपमा कनेक्टिभिटीका विषयमा कुराकानी भयो । रेल, सडक, हिमालयपार सम्पर्क विस्तार, हवाई सम्पर्क विस्तारमा छलफल भयो । राष्ट्रपतिले रेल र सडक विस्तारमा उत्साहजनक रेस्पोन्स गर्नुभएको छ ।’
दाहालले टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति सीले व्यक्तिगत रूपमा पनि नेपालसँग रोड र रेल सम्पर्क विस्तारमा रुचि राखेको बताएका छन् । दाहालले केरुङसम्म आउने रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोड्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए । ग्रेट हल अफ द पिपुलमा सोमबार अपराह्न भएको प्रचण्ड र सीको भेटमा चीनले नेपालको स्थानीय निर्वाचनका लागि १३ करोड ५० लाख नेपाली रुपैयाँ दिने घोषणासमेत गरेको छ ।
प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई निमन्त्रणाको स्मरण गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको र कूटनीतिक च्यानलमार्फत समय तय गरिने जवाफ दिएका थिए ।
प्रधानमन्त्री दाहालले नेपालको भौगोलिक अवस्थितिले विगतमा समस्या रहे पनि अब चीन र भारतजस्ता विशाल छिमेकीका कारण अवसर रहेको बताए । उनले एसियाका भीमकाय देश भारत र चीनको बीचमा नेपालले पुलको काम गर्ने पनि बताएका थिए ।
राष्ट्रपति सीसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति सीले यसबारे छलफल गर्दै टुंगोमा पुग्न सकिने बताएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply