Ticker

6/recent/ticker-posts

ओवामाद्वारा राष्ट्रपति ट्रम्पको खण्डन

एजेन्सी, फागुन ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोपको खण्डन गरेका छन् । राष्ट्रपति ट्रम्पले गतवर्ष भएको राष्ट्रपति चुनावका क्रममा ओबामा प्रशासनले ट्रम्प टावरको टेलिफोन कल ट्रयाप गरेको आरोप लगाएका थिए ।
तर, पूर्वराष्ट्रपति ओबामाले त्यो आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका हुन् । ओबामाका प्रवक्ता केविन लुइसले ओबामा या ह्वाइट हाउसका कोही पनि अधिकारीले कुनै पनि अमेरिकी नागरिकको जासुसीको आदेश नदिएको स्पष्ट पारेका छन् ।
उनले ओबामा प्रशासनमाथि लगाइएको आरोप झुठो भएको बताए । राष्ट्रपति ट्रम्पले आरोपको ठोस प्रमाण भने ल्याउन सकेका छैनन् ।

Post a Comment

0 Comments