स्मृति दिवसको सन्दर्भमा आयोगका पदाधिकारी, कर्मचारी, दयाराम परियारका परिवार तथा उपस्थित सहभागीहरुद्वारा स्व. दयाराम परियारको तस्विरमा माल्यार्पण गर्नुका साथै परियारको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । आयोगका माननीय अध्यक्ष शर्माले यस वर्षकाे स्व. दयाराम परियार स्मृति मानव अधिकार सम्मान पाउने व्यक्तिहरुको नाम घोषणा गर्नुभएको थियो ।
छैटौं स्व. दयाराम परियार स्मृति मानव अधिकार सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुमा दलित तथा भूमिहीन अधिकारको क्षेत्रमा क्रियाशील सिराहाका वलदेव राम र महिला, बालबालिका तथा असहाय अधिकारको क्षेत्रमा क्रियाशील उदयपुरकी नजबुल खान हुनुहुन्छ । उहाँहरुलाई आयोगको स्थापना दिवस २०७४ जेष्ठ १३ गते सम्मानित गरिनेछ । आयोगका अध्यक्ष शर्माले घटनाको एघार वर्षवितिसक्दा पनि सुरक्षा निकायको कार्यशैलीमा परिवर्तन आउन नसकेको तथा सरकारले दण्डहीनतालाई प्रश्रय दिएको धारणा राख्नुभएको थियो ।
स्मृति दिवसको सर्न्दर्भमा स्व. दयाराम परियारका दाजु प्रकाशचन्द्र परियारले दयाराम स्मृति मानव अधिकार लेखन वृत्त, वृत्त चित्रको निर्माण लगायतका कार्यहरु गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा आयोगका सदस्यहरु सुदिप पाठक, मोहना अन्सारी, उपनिर्देशक यज्ञ प्रसाद अधिकारी, मानव अधिकार अधिकृत हरि प्रसाद ज्ञवाली, श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
0 Comments