काठमाडौ, फागुन ।
नयाँ शक्ति नेपाल पार्टीले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेललाई लाभकर छुट दिने सरकारको निर्णय राष्ट्रघाती भएको टिप्पणी गरेको छ ।
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले विज्ञप्ति निकालेर एनसेलको करछली र मन्त्रि परिषदको यसलाई सघाउने गरी भएको निर्णयको भ्रत्सना गरेका छन् ।
सरकारले एउटा निश्चित विधि र मापदण्डलाई उल्लंघन गर्दै मन्त्रीपरिषद्बाट विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर नउठाउने प्रपञ्च गर्नु भ्रष्टाचारजन्य अपराध र निर्लज्जताको पराकाष्ठ भएको नयाँ शक्तिले जनाएको छ ।
एउटा गरिब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेत समेत बिक्री गर्दा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको भन्दै त्यही प्रकृतिको सम्पत्ति एनसेल बेचबिखन हुँदा सिंगो राज्य संयन्त्र कर छलीमै सघाउ गरी लाग्नु भ्रष्टाचार मात्रै नभई राष्ट्रघात भएको नयाँ पार्टीको ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

0 Comments