Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
काठमाडौं महानगरपालिकामा सञ्चालित सातवटा घुम्ती शौचालय तीन महिनापछि पुनः सञ्चालनमा आएका छन् । तिर्नुपर्ने न्यून राजस्व पनि नतिरेका कारण तीन महिनाअघि बन्द भएका यी शौचालय राजस्व नतिरी खुलेका छन् ।
करिब ४० लाख मानिस बसोबास गर्ने महानगरपालिकामा सात घुम्ती र २७ वटा सार्वजनिक शौचालय छन् । सार्वजनिक २७ मध्ये तीनवटा निजी संस्थाले ठेक्कामा र बाँकी महानगरपालिकाका कर्मचारीले सञ्चालन गरेका छन् । महानगरपालिकाको सार्वजनिक शौचालयसम्बन्धी प्रमुख जिम्मेवारी बाबुराजा पुजारीले समालिरहेका छन् । उनी महानगरपालिकाको सफाइ विभागअन्तर्गत कुचीकारका नाइकेसमेत हुन्।
महानगरपालिकाका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्रबहादुर कार्की, हरि कुँवरलगायत कर्मचारीको आश्रयमा पुजारीले सार्वजनिक शौचालय मनपरी सञ्चालन गर्दै आएको स्रोतको दाबी छ ।
महानगरपालिकाको सार्वजनिक शौचालय र फोहोर व्यवस्थापनको काम गर्ने वातावरण विभागमा प्रमुख रवीनमान श्रेष्ठलाई नै सार्वजनिक शौचालय कसरी चलिरहेका छन् भन्ने थाहा छैन ।
राजस्व लिएर सार्वजनिक शौचालय सञ्चालन गर्न अनुमति दिइएको उनको दाबी छ । ठेक्का दिइएका तीन सार्वजनिक शौचालयबाहेक अन्यले महानगरपालिकालाई राजस्व नबुझाएको महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले बताए । केही घुम्ती शौचालय सञ्चालकले बैंकमार्फत महानगरपालिकाको राजस्व बुझाएको स्रोतको दाबी छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply