Ticker

6/recent/ticker-posts

कालिकोटमा पहिलो पटक एटीएम सेवा

कालिकोट, चैत ।
कर्णालीको पहिलो शाखाको रुपमा स्थापना भएको सानिमा बैंकले शुक्रवारदेखि  कालिकोटको मान्मामा पहिलो पटक एटीएम सेवा सुरु गरेको छ । विकट जिल्लामा आर्थिक समृद्धि र बित्तीय सेवामा पहुँच बढाउन  ४४ औं शाखाको रुपमा एटीएम सुविधा सुरु गरेपछि स्थानीयबासिन्दा खुशी भएका छन् ।
वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले फागुन ६ गते उद्घाटन गरेको बैंकमा पहिलो ग्राहक मनसराकुमारी न्यौपाने बरालले एटीएमबाट खाताको रकम झिकेर उद्घाटन गरिन ।
एकसय जना ग्राहकलाई एटीएम कार्ड उपलब्ध गराएको बैंकका प्रबन्धक मनिषमान श्रेष्ठले जानकारी दिए ।
वाणिज्य बैंकको रुपमा मान्यता पाएको सानिमाले छरिएर रहेको पूँजीलाई एकीकृत गर्दै परिचालन गर्ने, आर्थिक समृद्धिका लागि विभिन्न स्किमहरु संचालन गरिरहेको पनि उनले जानकारी दिए ।
कालिकोटमा सानिमा आएपछि वित्तीय कारोवारका लागि सहज भएको उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यवहादुर शाहीले बताए ।

Post a Comment

0 Comments