Ticker

6/recent/ticker-posts

विश्व क्रिकेट लिग डिभिजनः केन्यालाई १०४ रनको लक्ष्य,खेल २९ ओभरमा छोट्टियो

काठमाडौ, फागुन ।
विश्व क्रिकेट लिग डिभिजन क्रिकेट अन्तर्गत नेपालले केन्यालाई १ सय ४ रनको लक्ष्य दिएको छ । बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले १०४ रनको लक्ष्य दिएको हो । अब केन्याले २९ ओभरमा १ सय ४ रन बनाउनुपर्ने छ ।
बर्षाका कारण खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, बर्षाका कारण नयाँ लक्ष्य दिइएको हो । वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे ।
केन्याका बलरहरुले ओसिलो मैदानमा घरेलु टोलीलाई खुलेर खेल्न दिएनन् । ओपनिङमा यसअघिका खेलहरुमा जस्तै लामो पार्टनरसीप जमेन । मध्यक्रममा आएका ब्याट्सम्यान पनि लामो समय क्रिजमा टिक्न सकेनन् ।
अस्वस्थताका कारण कप्तान पारस खड्का नखेलेपछि आज ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालेका छन् । खेलमा ज्ञानेन्द्रले सर्वाधिक २७ रन बनाए । आजबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।
ओपनर सुनिल धमला ३ रन मात्र बनाएर पेभिलियन फर्किए । सागर पुन १० रनमा आउट भए । शरद भेषावकरले पनि ३ रन मात्रै बनाउन सके । विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले २ रन मात्रै जोडे । बसन्त रेग्मी ६ रनमा समेटिए ।
शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका छन् । यो नेपालको इनिङमा सबैभन्दा धेरै रनको साझेदारी हो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले २१ रनको साझेदारी गरेका थिए ।
केन्याका लागि सेम नोङ्चे नेपालको ३ विकेट झारे । नेल्शन ओडिएम्बोले २ विकेट लिए । नेहिएम ओडिएम्बो, एलिज एन्टेनिओ र रकेप पटेलले एक–एक विकेट लिए ।

Post a Comment

0 Comments