Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

चितवन, फागुन ।
संकटापन्न अवस्थामा रहेका घडियाल गोहीको संख्या बढाउनका लागि एक हजार २२६ ओटा गोही विभिन्न नदीमा छाडिएको छ । नदीछेउमा संकलन गरिएको अन्डा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा रहेको गोही प्रजनन केन्द्रमामा ल्याइ बच्चा कोरलेर हुर्काएपछि नदीमा छाडिँदै आएको छ । सन् १९७८ मा स्थापना गरिएको सो प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो ।
केन्द्र हेर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काकाअनुसार हालसम्म राप्तीमा ५४६, नारायणीमा ३९९, कालीगन्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० ओटा गोही छोडिसकिएको छ ।
अन्य नदीमा गोहीको संरक्षण कम हुन थालेपछि पछिल्लो समय भने राप्ती नदीमामात्रै गोही छोड्न थालिएको हो ।
खड्काकाअनुसार गत वर्षको माघ र यस वर्षको माघमा राप्ती नदीमामात्रै १७० ओटा गोही छाडिएको छ । यस वर्ष चार भालेसहित ७० ओटा गोही छाडिएको खड्काले बताए ।
ठूलो संख्यामा गोही छोडेको भएपनि राप्ती र नारायणीबाहेक अन्य नदीमा भने न्यूनमात्रै गोही रहेका छन् । खड्काकाअनुसार राप्ती र नारायणीमा १५० को हाराहारीमा गोही भएको अनुमान छ । अन्य नदीमा भने ५० को हाराहारीमा गोही भएको अनुमान केन्द्रको छ ।
प्रजनन केन्द्रमा हाल १३ माउसहित ६०० जति गोही रहेको उनले जानकारी दिए । निकुञ्ज क्षेत्रमा बगेको नदीको स्थलमात्र गोहीको वासस्थानका लागि सुरक्षित रहेको बताउँदै उनले नेपालका वासस्थान प्रदूषित हुँदै जानु र पानीको बहावसँगै भारततर्फ गोही जानुले दिनानुदिन यसको संख्या घट्दै गएको हो ।
भारतीय संरक्षणकर्मीले खिचेका गोहीका अधिकांश तस्वीर नेपालमा छोडिएका गोहीको हुने गरेको दाबी उनको छ । खड्काकाअनुसार एउटा गोहीको अन्डाबाट बच्चा कोरलेपछि एक हप्तामा आमालाई छोड्ने गर्दछ । त्यसका लागि खेल्न करिब २०० किलोमिटर नदीको लामो भू–भाग चाहिने भएपनि नेपालका नदीमा पर्याप्त ठाउँ नहुँदा भारततर्फ जाने गरेका छन् ।
जान सजिलै जाने तर फर्कंदा नदीमा भएका तटबन्ध र पानीको बहावका कारण कठिन हुने हुँदा बर्सेनि नेपालमा हुर्काएर छोडिएका गोही भारततर्फ जाने गरेको उनले बताए । नेपालका नदीमा गोही छोड्दा नम्बर लगाएर चिन्न सकिने गरी छोडिँदै आएको छ । सहायक संरक्षण अधिकृत खड्काकाअनुसार ७५ प्रतिशत गोही भारत जाने गर्दछ ।
माछा जता जान्छ, गोही त्यतै जाने गर्दछ । यसकारण मानिसले जालमा पार्ने, घाइते बनाउने र मार्ने समस्या पनि देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गोहीको वासस्थान मानवका कारण असुरक्षित बन्दै गएकाले संरक्षण गर्न अप्ठ्यारो भएको र यसको संख्या बढाउन नसकेको बताए ।
उनले माछा मार्ने, गिटी, ढुंगा, बालुवा निकाल्नेलगायतका कारण गोहीको वासस्थान असुरक्षित बन्दै गएको बताए ।
एसियामा नेपाल र भारतमा प्रजनन केन्द्र खडा गरी घडियाल गोही संरक्षण गर्दै आएका कारण लोप हुनबाट बचेका छन् । तर, अन्य देशमा घडियाल गोही लोप भइसकेका छन् ।
सन् २००७ मा गोहीलाई संकाटापन्न जलचरकारुपमा घोषणा गरिसकिएको छ । खड्काले सामान्यतया संकटापन्न घोषणा गरेको १० वर्षमा ५० प्रतिशत लोप भइसक्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply