Ticker

6/recent/ticker-posts

भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने

नयाँदिल्ली, चैत ।
भारतले पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्ने जनाएकोे छ । भारतीय गृहमन्त्री राजजाथ सिंहले आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न सीमा बन्द गर्न लागिएको जनाएका छन् ।
सीमा सुरक्षा बलमा नियुक्त सुरक्षाकर्मीको परेड कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय गृहमन्त्री सिंहले आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि पाकिस्तान र बंगलादेशसँगको सिमा नाका बन्द गर्ने बताएका हुन् ।
सिंहले पाकिस्तानसँगको सीमाना आउँदो वर्षसम्म बन्द हुने र त्यसपछि बंगलादेशसँगको सीमाना बन्द गर्ने योजना रहेको जनाए । सीमा बन्द गर्न कठिन भुगोल रहेका ठाउँमा नयाँ प्रविधिको प्रयोग गरिने उनको भनाई छ ।

Post a Comment

0 Comments