Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको राजविराजमा प्रहरीले बाध्य भएर गोली हानेको बताएका छन् । सप्तरी घटना बारे शुक्रबार बसेको संसद बैठकमा जवाफ दिँदै गृहमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा आयोजित मेची–महाकाली अभियान अन्तर्गत फागुन २३ गते सोमबार सप्तरीको राजविराजमा सभाका बेला भएको गोली प्रहार सुरक्षाकर्मीले बाध्य भएर गरेको बताएका हुन् ।
कार्यक्रमका क्रममा २३ गते सप्तरीमा विरोधका लागि उत्रिएकोको जुलुसले कार्यक्रमस्थलको २ सय मिटर नजिक आएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय सुरक्षा अधिकारीले स्थानीय सुरक्षा ऐन बमोजिम घुँडामुनी गोली चलाउन दिएको आदेशमा एकको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा निधन भएको निधिले बताए।
निधन भएका व्यक्तिका परिवारलाई सरकारले १० लाख प्रति परिवार क्षतिपूर्ति दिने निर्णय गरेको बताए। सरकारले कार्यक्रमस्थल भन्दा टाढै रोक्न कोशिश गर्दा गर्दै विरोधमा उत्रेका आन्दोलनकारीले आक्रमक हुँदै घरेलु हतियार प्रयोग गरी ४८ जना सुरक्षाकर्मी घाइते बनाएको निधिको दावी छ । उनले
नेपाल प्रहरीका ३१ र सशस्त्र प्रहरीका १७ जना सुरक्षाकर्मी घाइते भएका छन्।  तत्काल सुरक्षाकर्मीले सबै उपाय अबलम्बन गर्दा पनि सुरक्षा घेरा तोडी कार्यक्रमस्थलमा प्रवेश गर्नसक्ने र त्यसले थप स्थिति तनावपूर्ण हुने अवस्था भएको कारण सुरक्षाकर्मीले गोली चलाएको बताए।
अहिले अरू घाइते उपचारपछि घर फर्के पनि ६ जना धरानमा उपचाररत रहेको गृहमन्त्रीले जानकारी दिए।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply