Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बेईजिङ, चैत ।
उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनीयाँ राष्ट्रपति सी जिन पिङबीच सोमबार भेटवार्ता भएको छ । बेइजिङ स्थित चिनीयाँ राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा दूई नेताबीच द्धिपक्षीय हितका विषयमा छलफल भएको छ । भेटवार्ताको क्रममा चिनीयाँ राष्ट्रपति सीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले नेपाल सधै एक चिन नितिको पक्षमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । दुई नेताहरुबीच चीनले अघि सारेको वन बेल्ट वन रोडका विषयमा समेत छलफल भएको थिाये । 
चिनियाँ राष्ट्रपतिसँगको भेटअघि एक अन्तर्क्रियामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए । बेइजिङ्मा भएको‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट पार्दै व्यवसायीलाई लगानीका लागि आव्हान गरे ।
नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले लगानी, व्यापार तथा आर्थिक सुधारलाई आफ्नो मुलुकले विशेष प्राथमिकता दिएको बताए ।
लगानीका लागि उर्बरभूमी नेपालको जुनसुकै क्षेत्र तथा स्थानमा लगानी गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले जलस्रोत, सूचना प्रविधि तथा कृषि क्षेत्रको आधुनिकीकरणमा लगानी गरेर चिनियाँ लगानीकर्ताले फाइदा लिनसक्ने धारणा राखे ।
अन्तरदेशीय आर्थिक क्षेत्रको विकास र विस्तारमा नेपाल प्रतिबद्ध रहेको साथै  नेपालको आयात तथा निर्यात नीति बजारमैत्री, खुला तथा उदार रहेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको जानकारी समेत दिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply