Ticker

6/recent/ticker-posts

सम्पतिको सुखभोग गर्न चाहानुहुन्छ भने दान दिनुहोस्ः आनी छोइङ डोल्मा

नन्द ऋषि जैसी 
काठमाडौं, चैत– सुमधुर श्वरकी धनि आनी छोइङ डोल्मा बौद्ध धर्मकी धर्म गुरु पनि हुन् । गायनबाट नै देश र विदेशमा परिचय बनाउन सफल धर्म सँगै कर्ममा पनि विश्वास गर्छिन् । गायन  क्षेत्रमा ख्याति कमाएकी डोल्माले धेरै स्वदेशी तथा विदेशी गीतहरुमा आवाज दिइसकेकी छन् । 

उनको आवाज रहेका गीतहरुमध्ये ‘फूलको आँखामा फूलै संसार...’बाट उनी चर्चाको शिखर चुम्न सफल भइन् । गायन, धर्मगुरुसँगै उनको अर्को परिचय हो समाज सेवा । गीतसँगीतबाट संकलित रकम उनले सामाजिक कार्यमा लगाउँदै आएकी छन् ।

समाजसेवाकै क्रममा गायिका डोल्माले २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पबाट भत्किएका विद्यालयहरुको पुनर्निर्माणका लागि ठूलै धनराशी सहयोग गरेकी छन् । काठमाडौंमा भएको एक कार्यक्रममा उनले लामो समयदेखि सामाज सेवामा क्रियाशील घासी नेपाल नामक संस्थालाई उक्त रकम प्रदान गरेकी हुन् । घाँसी आदर्श समाज नेपाल – घाँसी नेपालको काममा प्रभावित भई डोल्माले भत्किएका  विद्यालय पुनर्निर्माण अभियानको लागी रू १४ लाख ७ हजार ५ सय ८५ रुपैयाँ संस्थाका अध्यक्ष माधव प्रसाद घिमिरे लाई हस्तान्तरण गरेकी हुन् । 

उक्त सहयोग रकम ग्रहण गर्दै संस्थाका अध्यक्ष घिमिरेले डोल्माको सहयोग पुननिर्माण अभियनका लागी बलियो खम्बा सावित हुने बताए । युनिसेफकी सद्भावना दूत समेत रहेकी डोल्माले भनिन्– ‘सम्पतिको सुखभोग गर्न चाहानुहुन्छ भने दान दिन सिक्नुहोस् जसले आत्मसन्तुष्टिमात्र होइन पुण्य प्राप्त नै मिल्छ । 

कसैको सानो सहयोगले मान्छेको जीवन नै परिवर्तन हुने हुँदा दान दिन र सहयोग गर्नबाट कहिल्यै पछि नहट्नुहोस् ।’ कार्यक्रममा घाँसी नेपालका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सदस्यहरुले डोल्मालाई स्वागत गर्दै उनको हातबाट आशिर्वाद लिएका थिए । 

Post a Comment

0 Comments