काठमाडौ, फागुन ।
कञ्चनपुर घटनाको विरोधमा नेपाल बन्दको आह्वान गरेको विप्लव माओवादीका कार्यकर्ताले शनिबार दिउँसो साझा यातायातको यात्रु बसमा आगजनी गरेका छन् । विप्लव माओवादीका कार्यकर्ताले बालाजुको बाइपासमा यात्रु बसमा आजगनी गरेका हुन् ।
बा ४ ख ५६४८को बसमा रहेका यात्रुलाई ओरालेर आगो लगाइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले बताए । आगलागीबाट बसको भित्री भाग जलेर क्षति भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार खुकुरी र अन्य हतियारसहित आएको समूहले पेट्रोल छर्किएर आगजनी गरेको हो । नयाँबसपार्क–एयरपोर्ट रुटमा चल्ने बसमा आगजनी गरेलगत्तै सो समूह फरार भएको छ ।
कञ्चनपुर घटनाको बिरोधमा आज बन्द आह्वान भएपनि बिहानैदेखि साझा बसले यात्रु सेवा दिइरहेको थियो । बालाजुमा बस रोकेर सुरक्षाकर्मी, चालक र सह–चालक खाना खानका लागि गएका बेला बिप्लबका कार्यकर्ताले आगजनी गरेका पाण्डेयले बताए ।

0 Comments