Ticker

6/recent/ticker-posts

राप्रपा बरिष्ठ नेता प्रकाशचन्द्र लोहनीद्वारा राप्रपा परित्याग

काठमाडौ, फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् । पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै आएका डा. लोहनीले काठमाडौमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।
उनले पार्टी परित्याग गरेपनि राजनीतिबाट निश्क्रिय भने नहुने बताए । अन्य नेताहरू र जिल्लाका शुभचिन्तकको सल्लाहमा केहि दिनभित्रै निर्णय गरिने पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
राप्रपाको एकता महाधिवेशनमा कमल थापासँग अध्यक्षमा चुनाव लड्ने अन्तिम तयारीमा रहेर पनि उनी पछि हटेका थिए । लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजका मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको जानकारी गराएका छन् ।
आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् । एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् ।

Post a Comment

0 Comments