Ticker

6/recent/ticker-posts

कांग्रेस नेता सिंहको प्रमुख आतिथ्यतामा जनसम्पर्क समिति हङकङको वार्षिकोत्सव मनाइँदै

फाइल फाेटाे
काठमाडौं, चैत । नेपाली जनसम्पर्क समति हङकङले आइतबार (आज) आफ्नो २१ औं वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व उप–प्रधान्मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाउन लागिएको हो ।
कार्यक्रमममा सांसद मोहन कुमार रार्इ तथा समाज सेवामा सधै तत्पर रहने समाजसेवी सिर्जना सिंहलगायतको समेत उपस्थिति रहनेछ । हङकङको याउ मा ताई कम्युनिटी हलमा हुन गइरहेको कार्यक्रममा नेता सिंहको विशेष सम्बोधन रहने नेपाली जनसम्पर्क समिति हङकङका प्रवत्ता ताहिर खानले बताए ।
वार्षिकोत्सव कार्यक्रममा संस्थाले गरेका उपलब्धिहरुको चर्चा गर्नुका साथै आगामी रणनीति तय गरिनेछ । उपस्थित सम्पूर्ण नेपालीहरुको स्वागत तथा मनोरञ्जनका लागि कलाकारहरुको विशेष सांस्कृति प्रस्तुतिसमेत रहनेछ । 

Post a Comment

0 Comments