Ticker

6/recent/ticker-posts

कंलकीमा विहानै भारतीय गाडीमा तोडफोड

काठमाडौ, फागुन ।
कञ्चनपुर गोलीकाण्डको विरोध गर्ने भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दमा सवारी साधनलाई निशाना बनाइएको छ ।
काठमाडौं उपत्यकाभित्र सामान्य प्रभाव परेको बन्दका कारण मुलुकका अरु भागमा भने असर परेको छ । बन्दकर्ताले विहानै कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन् । यूपी ६५ एएम ०६५७ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन् ।
उता, तुलसीपुरको रानीघाट खोलामा शुक्रबार राति फलफूल बोकेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मिनी ट्रकमा आगजनी गरिएको पनि प्रहरीले जनाएको छ । बन्दमा अप्रिय घटना हुन नदिन बिहानैदेखि सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ ।

Post a Comment

0 Comments