Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

- वसन्तप्रकाश उपाध्याय
यस्तै रहेछ– फेरि ‘म्यादी–पुलिस’मा भर्ती खुलेछ । मुलुकमा त्यागी–पुलिसको अभाव भइरहेका बखत यी ‘म्यादी’ले के गर्लान् र ! जे होस् केहीले रोजगारी पाउने भए । केही समयलाई थोरै भए पनि मुलुकबाट बेरोजगारीको अन्त्य हुने भयो ।

दीर्घकालको त्यागभन्दा क्षणिक राहतको म्यादमा रम्ने बानी छ हाम्रो । स्कुटीमा तीन लिटर पेट्रोल हाल्न पाएका दिन विश्वविजेताजस्तो फूर्ति भरिन्छ हाम्रो अनुहारमा । एकताका आधा ग्यास सिलिण्डर पाउँदा संसार बिर्सिएका थियौँ हामीले । हाम्र्रो खुशी अचेल रामशाह पथतिर जानासाथ पाइने ‘अन्तरिम–आदेश’ संस्करणमा बदलिएको छ ।

सुनिन्थ्यो एकताका राजनीतिमा दुःखको प्रवास । पीडाका जेलयात्राको कहर । अहिले त राजनीति कर्म–उधारो र पदप्राप्ति–नगद बन्न पुगेको छ । मेयर उपमेयरको टिकटघर नै खुलेको छैन । तर मसल्स–मनीको गठजोडमा ‘सिट बुक’ को चर्चा चलिसकेको छ । साधारण सदस्यको हैसियत बिर्सिएर कतिपय ग्रामपालिकाका ‘ठेकदार’ बन्न मरिहत्ते गरिरहेछन् । हुन त के नौलो भयो र ! ठेकदारहरु नै झण्डावाल बन्ने मुलुकमा ।

दलहरुका कार्यालय–परिसरमा मात्र होइन, यतिखेर पत्रकारहरुको ‘पार्लर’मा पनि चुनावकै रन्को सुनिन्छ । उठाएर खाने ‘दक्षता’ भएकादेखि साथी–संगठन कहिल्यै नचाहिनेलाई अहिले ‘अध्यक्ष’ चाहिएको छ । मर्दा–पर्दा कुनै क्षण समवेदना र साथ नदेखाउनेहरु रातारात ‘हमदर्द’ भएर प्रकट भएका छन् । संघर्ष, सम्पर्ग र सहयोगको त्रिकोणीय आयामको कर्तव्य निर्वाह नगर्नेहरु चर्चा र चासो देखाउँदै साखुल्ले–चतुर्भुज प्रदर्शित गर्दै छन् ।

आफूले आफ्नालाई सक्न लड्नु–लडेका देखिए थापा गाउँबासीहरु । निर्लज्ज नियतिमा पार्षदमा नै जमानत–जफत भएको देखियो केही नेताहरुको । मुलुकभर महासंघमा पाँच–सात सय पार्षद जुटाउन हम्मेहम्मे पर्नेले हिजो युनियन–स्पर्धामा तेह्र–चौध सयको भीड केका लागि पु¥याएका थिए । उही एकआपसमा प्याज छोडाउन होइन र !

चर्चा र चासोसँगै केहीले हामीमाथि पनि चिन्ता देखाएको पाइयो । एक भयङ्कर–भाइले मलाई भने : ‘दाजु, कहाँ र कता हुनुहुन्छ अचेल ?’ मैले भने : ‘म हिजोझैं आज पनि जहींको तहीं छु ।’ उनले प्रेम–अनुराग देखाउँदै थपे : ‘जे होस्, दाजुसँग भेट नभए पनि हप्तैपिच्छे लेख पढेको छु गोरखापत्रमा ।’ उनी बोल्दै थिए, मैले फोन काटिदिएँ । किनकि गोरखापत्रमा मेरो लेख नछापिएको नौ वर्ष भैसकेको छ ।

 त्यसैले साथीहरु ! चुनावी यो मौसमसँगै काग र कोइलीको विभेद चिन्न ‘वसन्त ऋतु’ नै आउनुपर्दाे रहेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply