Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, चैत । प्रर्दशनीमार्ग स्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भईरहेको छ । विहान ८ बजेबाट मतदान शुरु हुने भनिएपनि क्याम्पसमा क्रियाशिल केहि विद्यार्थीसंगठनको अवरोधपछि मतदान एक घण्टा ढिलो गरी सुरु भएको छ ।

चुनावमा सहभागिताको लागि मनोनयन दर्ता गर्न छुटेका केहि विद्यार्थीसंगठनले मतदान प्रभावित गर्ने प्रयास गरिरहेका छन् । मदतान प्रभावित हुन नदिन क्याम्पस परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।
कडा सुरक्षा व्यवस्थाका बाबजुत असन्तुष्ट विद्यार्थी संगठनहरुले मतदान रोक्न माग गर्दै नाराबाजी गरिरहेका छन् । फागुन २३ गतेका लागि तय भएको रत्नराज्यलक्ष्मी क्याम्पसको चुनाव निर्वाचन आयोगको निर्देशनपछि स्थगित भएको थियो ।

तर सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि चुनाव भएको हो । फागुन १८ गतेको लागि तोकिएको स्ववियु चुनावमा एमाले निकट अनेरास्ववियुको मात्र मनोनयन परेको थियो ।
 तर कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्दै निकट अखिल क्रान्तिकारीसहितका ९ विद्यार्थी संगठनले बहिस्कार गरेपछि चुनाव हुन सकेको थिएन् ।

 निर्वाचनमा प्रमुख ३ दल निकट विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ,अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच मुख्य प्रतिष्पर्धा रहेको छ । अनेरास्ववियुबाट टपेन्द्र शाही,नेपाल विद्यार्थी संघबाट उत्तम साउद र अखिल क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा ३ हजार ५ सय भन्दा बढी मतदाता रहेको निर्वाचन समितिले सुची निकालेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply