Ticker

6/recent/ticker-posts

सलमान र कट्रिना कडा निगरानीमा.....?

मुम्बई,चैत ।
बलिउडका चर्चित नायक सलमान खान र कट्रिना कैफको सुटिङ अहिले कडा निगरानीमा भइरहेको छ । अष्ट्रियामा ‘टाईगर जिन्दा हे’ को सुटिङ गरिरहेका सलमान र कट्रिनालाई मिडियावाट टाढै राख्ने प्रयास निर्माण संस्थाले गरेको छ ।
निर्माता आदित्य चोपडाको चाहना छ कि चलचित्र रिलिज हुनु अघि सलमान, कट्रिना र चलचित्र सम्बन्धी कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक नहोस् ।
कुनै समय रिलेशनमा रहेका सलमान–कट्रिना अहिले एक अर्कासँग टाढिएका छन् । केही भारतीय मिडियाहरुले उनीहरुको पुर्नमिलनको संकेत देखिएको उल्लेख गरेपछि अहिले फेरि यो जोडीको प्रेम चर्चा सुरु हुन थालेको छ ।
‘टाइगर जिन्दा हे’,‘एक था टाइगर’ को सिक्वेल हो भने यसमा सलमान कट्रिनाले मुख्य भुमिका निर्वाह गरेका छन् । सलमान र कट्रिना छुट्टिएकोमा दुःखी भएका प्रसंसकलाई यो चलचित्रले खुसी बनाउने चलचित्र पण्डितहरुको विश्वास छ ।

Post a Comment

0 Comments