Ticker

6/recent/ticker-posts

फोटो यात्रामा देखिएकाे फरक शैली...

काभ्रे, चैत । काभ्रेको पनौतीस्थित  लायकुमा गत शनिबारदेखि ४० जना गैरव्ययवसायिक फोटोग्राफरहरुले खिचेका तस्बिरहरु प्रदर्शनी गरिएका छन् । उक्त फोटोहरुको प्रदर्शनीको नाम फोटो यात्रा दिएको छ ।
फोटोयात्राका सहभागीहरु तस्वीरः नारायण महर्जन
पेसागत रुपमा डाक्टर, इन्जिनियर, सरकारी कर्मचारी, शिक्षक, पत्रकार, व्यापारी, लेखक, कलाकार, किसानी, पथप्रदर्शक रहेका ती सबै गैरव्यवसायिक फोटोग्राफर स्कुल अफ क्रिएटिभ कम्युनिकेसन्स (एससिसी)का विद्यार्थी हुन्। भिन्न पेसाका उनीहरुलाई म्यामेराले एकै ठाउँमा जोडेको हो।
फोटो यात्राका लागि छनोट भएको सुलभ श्रेष्ठले खिच्नुभएको तस्वीर
एससिसीले प्रत्येक वर्ष कुनै ऐतिहासिक सहरमा पुगेर त्यहाँको परिवेश र दिनचर्यालाई क्यामेरामा कैद गरेर  तीमध्येबाट उत्कृष्ट फोटो छानेर त्यही स्थानमा प्रदर्शन गर्ने कार्य गर्दै आएको छ ।  जुन ठाउँ र परिवेशका फोटो खिचिएको हो त्यहीँका स्थानीयलाई देखाउँदा ती फोटोले पार्ने असर विशेष हुने भएकोले एससिसीले विभिन्न ठाउँमा फोटो यात्रा गर्दै आएको छ। प्रदर्शनीमा राखिएका फोटोहरुले पनौतीको भूगोल, परिवेश, प्राकृतिक सम्पदा, वास्तुकला, मठ मन्दिर, गल्ली र मान्छेका फोटा मार्फत पनौतीको दैनिकी, वातावरण र जीवनशैलीका विविध आयाम समेटेको एससिसीका क्रिएटिभ डाइरेक्टर तथा फोटोग्राफर दीपेन्द्र बज्राचार्यले बताए । 
फोटो यात्राका लागि छनोट भएको नगिना श्रेष्ठले खिच्नुभएको तस्वीर
यसअघि एससिसीले भक्तपुर, कीर्तिपुर र खोकनामा फोटो यात्रा गरिसकेको छ भने पाँचौँ फोटो यात्रा साँखुमा हुनेछ। साँखु भूकम्पबाट क्षतविक्षत ठाउँ भएकोले फोटोमा भूकम्पपछिको त्यहाँको मान्छे र सांस्कृतिक सम्पदाहरुको अवस्थालाई चित्रण गर्ने बज्राचार्यले बताए। एससिसीले विगत पाँच वर्षदेखि ११ सय जनालाई फोटोग्राफी तालिम दिइसकेको छ। प्रदर्शनीमा पनौतीकै प्रथम व्यवसायिक फोटोग्राफर भरत चरण श्रेष्ठलाई सम्मान समेत गरिएको थियो।
फोटो यात्राका लागि छनोट भएको सुवर्ण महर्जनले खिच्नुभएको तस्वीर

Post a Comment

0 Comments