एजेन्सी, फागुन ।
महाअभियोग मुद्धामा दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हेलाई त्यहाँको संवैधानिक अदालतले बर्खास्त गर्ने फैसला गरेको छ। अदालतको सो फैसलापछि सउलमा भएको झडपमा दुई जनाको ज्यान गएको छ। पार्कको मुद्धामा संवैधानिक अदालतको ऐतिहासिक निर्णय सुन्न पार्क समर्थक र विरोधी हजारौं नागरिक सउलस्थित अदालत नजिक जम्मा भएका थिए।
अदालतको फैसला आउनेबित्तिकै त्यहाँ हिंसा भड्किएको छ। भ्रष्टाचारको मुद्धामा पार्कलाई त्यहाँको संसदले गत डिसेम्बरमा महाअभियोग लगाएको थियो। त्यसको संवैधानिकतालाई अदालतले जाँच्नु पर्ने थियो। पार्क दक्षिण कोरियाकी प्रथम महिला राष्ट्रपति हुन्। फोब्र्स पत्रिकाले सन् २०१३ र २०१४ मा बनाएको विश्वका १०० शक्तिशाली महिलाको सूचीमा पार्क ११ औं स्थानमा थिइन्। उनी पूर्वी एसियाकी सबैभन्दा शक्तिशाली महिलाको सूचीको प्रथम स्थानमा थिइन्।
तर भ्रष्टाचार मुद्धाका कारण उनको पतन शुरु भयो। दक्षिण कोरियाको इतिहासमा महाअभियोग लागेर पदबाट बर्खास्त हुने प्रथम राष्ट्रपति पनि पार्क नै भएकी छन्। अदालतको फैसलाले दक्षिण कोरियाको महिनौं लामो राजनीतिक अस्थिरताको अन्त्य गर्ने अपेक्षा गरिएको छ। उनलाई पदबाट हटाउन दैनिक हजारौंको संख्यामा मानिसले प्रदर्शनमा भाग लिएका थिए। संविधान अनुसार अब दुई महिनाभित्र अर्को चुनाव हुनेछ।
गत डिसेम्बर महिनामा त्यहाँको संसदले महाअभियोग लगाएपछि राष्ट्रपतिका रुपमा उनको कार्यकारी अधिकार कटौती भएको थियो। त्यसपछि उनी संवैधानिक अदालतको निर्णय पर्खेर राष्ट्रपति भवनमा नै बस्दै आएकी थिइन्।
८ सदस्यीय संवैधानिक अदालतले सर्वसम्मतले पार्कको महाभियोग पुष्टि गर्दै उनले संविधान र कानुनको उल्लङ्घन गरेको निर्णय सुनाएको छ। पार्कले‘जनताको विश्वासघात गरेको’ र संविधानको रक्षाका निम्ति उनको व्यवहार सहन नसकिने अदालतको फैसला छ।
पार्क दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क चुंङ हीकी छोरी हुन्। चुंङले दक्षिण कोरियाको आर्थिक विकासको मोेडल निर्धारण गरेका थिए। सन् २०१२ मा चुनावमार्फत् उनी राष्ट्रिय राजनीतिमा उदाएकी थिइन्। उनका पिताले कोरियन युद्धको वेदनाबाट छटपटाएको गरिब दक्षिण कोरियालालाई समृद्धतर्फ लगेको भन्दै मतदाताले उनीप्रति सहानुभूति राखेका थिए।

0 Comments