Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
स्पेनिस ला लिगा फुटबलमा सेभियाले साँघुरो जित निकालेको छ । लिग अन्तर्गत बिहिबार राती भएको खेलमा सेभियाले एथ्लेटिको बिल्बाओलाई १–० ले पराजित गरेको हो ।
सेभियाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन एक मात्र गोल इबोर्रा गरे ।
पहिलो हाफको १४ औ मिनेटमा इबोर्राले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुगेको हो । स्टेभेन जोभेटिकले प्रहार गरेको पेनाल्टी एथ्लेटिको बिल्बाओका किपरले बचाएपछि रि बाउन्ड आएको बललाई इबोर्राले गोल गरेका हुन् ।
जितसँगै तेस्रो स्थानमा रहेको सेभियाले शिर्ष दुई क्लबसँगको अंक दूरी कम गरेको छ । सेभियाले २५ खेलबाट ५५ अंक जोडेको छ । र, सेभिया शिर्ष स्थानको बार्सिलोनाभन्दा २ तथा दोस्रो स्थानको रियल मड्रिडभन्दा एक अंकले पछि छ ।
३८ अंक जोडेको एथ्लेटिको बिल्बाओ लिगको आठौ स्थानमा छ ।
ला लिगा अन्तर्गत नै बिहिबार राती भएको अर्को खेलमा एथ्लेटिको मड्रिड र डिपोर्टिभो ला कोरुनाले १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा कोरुनाले एथ्लेटिको मड्रिडसँग अंक बाडेका हुन् ।
खेलको १३ औ मिनेटमा फ्लोरिन एन्डोनेले गोल गर्दै डिपोर्टिभो ला कोरुनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा १ – ० ले पछि परेको एथ्लेटिको मड्रिडका लागि खेलको ६८ औ मिनेटमा एन्टोनी ग्रीजम्यानले बराबरी गोल फर्काए ।
यस खेलका दौरान मड्रिडका फर्नान्डो टोरेसको टाउकोमा इन्जुरी भएको थियो । बल हेड गर्ने क्रममा कोरुनाका एलेक्ससँग  टाउको जुधेपछि टोरेस घाइते भएका थिए । केहि समय अचेत भएपछि उनलाई तत्कालै असपताल लागिएको थियो । तर,अस्पतालले टोरेसको अवस्था अहिले सामान्य रहेको बताइसकेको छ ।
यो बराबरीसँगै लिगको चौथो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ४६ अंक जोडेको छ । रेलिगेसन जोनको नजिक रहेको डिपोर्टिभो ला कोरुना २० अंक जोडेर लिगको १७ औ स्थानमा छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply