नयाँदिल्ली, चैत ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोककल्याण मार्गमा भएको भेटवार्तामा गृहमन्त्री निधीले कञ्चनपुर घटनाबारे कुरा उठाएका छन् ।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसेको बताएका थिए । कञ्चनपुर घटनाको सुक्ष्म अध्ययन भइरहेको भन्दै प्रधानमन्त्री मोदीले दोषीलाई काराबाही गर्न भारत सरकार तयार रहेको बताए ।
भेटमा गृहमन्त्री निधीले नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भारतले‘लजिस्टिक सपोर्ट’ गर्न आग्रह गरेका छन् । मोदीले निर्वाचनका लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको पनि आश्वासन दिएका छन् ।
प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चार दिनअघि नयाँ दिल्ली पुगेका निधिले विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतसँग पनि भेट गरेका छन् ।

0 Comments